दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दमकमा अन्तर्राष्ट्रिय स्तरको ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख १० गते, बिहीबार ७:२०

दमक – नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली खानपानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ झापाको दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ आयोजना हुने भएको छ।

बुधबार दमकमा आयोजित एक पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाहरूले आगामी २०८३ साल जेठ १ र २ गते सो कार्यक्रम सञ्चालन हुने जानकारी दिएका हुन्। नेपाली सेफ सोसाइटी, इन्टरनेशनल सेफ सोसाइटी, र युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो ।

“नेपाली खानाको स्तर उन्नतिका लागि हाम्रो अभियान”

पत्रकार सम्मेलनमा बोल्दै आयोजक इन्टरनेशनल सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीले नेपाली मौलिक स्वादलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र स्थानीय पर्यटनलाई टेवा पुर्‍याउन यो महोत्सव कोसेढुङ्गा सावित हुने बताए। कार्यक्रमको मूल नारा “नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तर उन्नतिका लागि हाम्रो अभियान” तय गरिएको वहाँको भनाइ छ ।

दुई दिनसम्म चल्ने यस महोत्सवमा विभिन्न परिकारका स्टलहरू राखिनुका साथै उत्कृष्ट सेफहरूलाई पुरस्कृत समेत गरिने इन्टरनेशनल सेफ सोसाइटीका महासचिब दिपक कार्कीले बताउनु भयो । यहाँ बिस्वका बिभिन्न देशमा रहेका नेपाली सेफहरु दमक आउनेक्रम सुरु भएको छ । अन्तर्राष्ट्रिय सेफहरु समेत कार्यक्रममा आउने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु