दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुस्मीताले भारतमा प्रोफेसनल किक बक्सिङ खेल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ११ गते, शुक्रबार ५:१९

मुआथाइमा चम्किरहेकी नेपाली खेलाडी सुस्मीताले भारतमा प्रोफेसनल किक बक्सिङ खेल्ने भएकी छन् । सुस्मिताले आगामी मे ९ मा के–वान फाइट खेल्ने भएकी हुन् ।
भारतको गुजरातमा पुराना राजदरवारियाहरुको आयोजनामा रोनिन फाइट च्याम्पियनसिपका आयोजना हुँदैछ । व्यवसायिक उक्त फाइटमा सुम्तिाले आरती खत्रीसंग भिड्ने भएकी हुन् ।
किक बक्सिङ मिश्रित उक्त फाइट सुस्मिताको लागि नयाँ अनुभव हो । यसले सुस्मितालाई व्यवसायिक मुआथाइको यात्रा थाइल्याण्डसम्म पुर्‍याउन मद्धत गर्ने उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीले बताए ।
के–वान फाइटमा किक बक्सिङको भन्दा केहि फरक हुनेछ । यसमा युएफसीमा प्रयोग हुने चार आउन्डस ग्लब्स (खेलाडीले लगाउने पन्जा) को प्रयोग गरिनेछ भने प्रतिस्पर्धा ५ मिनेटमा ३ राउन्डको हुनेछ । ‘यो हाइ लेभलको राउन्ड फाइट हो । सुस्मिताले अहिलेसम्म चार आउन्ड्स ग्लब्सको अनुभव गरेको छैन यो उनको लागि पहिलो हो’ प्रशिक्षक क्षेत्रीले भने, ‘सुस्मिता गण्डकी प्रदेशकी खेलाडी हुन् । उनी अब व्यवसायिक खेलाडी बन्ने गतिमा छन् । हाम्रो टार्गेट भनेकै थाइल्याण्ड हो ।’
उक्त च्याम्पियनसिपको विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सुस्मिता भारतमा फाइटका लागि चर्चित छिन् । उनले यस अघि समेत भारतमा आफ्नो खेल देखाइ सकेकि छन भने चीन, जापान, मलेसियामा समेत उनलाई बोलाएपछि रकम अभावका कारण खेल्न जान नसकेको प्रशिक्षक क्षेत्रीको भनाइ छ ।
त्यो बाहेक श्रीलंका भारत र नेपालमै सुस्मिताले मुआथाई, तेक्वान्दोसंगै अन्य विभिन्न फाइटहरुमा समेत प्रतिस्पर्धा गर्दै आइरहेकी छिन् ।
सुस्मिताले आर्थिक सहयोग पाउन सकेमा अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हात पार्न सक्ने देखिएको छ । सुस्मिताले हालसम्म मुआथाईमा कुनै पनि खेलमा हार व्यहोर्न परेको छैन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु