दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कुल १७ पदक जित्दै नेपाल केम्पोको प्रभावशाली प्रदर्शन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख १२ गते, शनिबार ६:४०

काठमाडौं बैशाख ११ गते ।
काठमाडौं, वैशाख ११– नेपाली केम्पो टोलीले टर्कीमा भएको २२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेको छ ।
टर्कीको एन्टाल्यामा भएको विश्व केम्पो (मार्सल आट्र्स) च्याम्पियनसिपमा नेपाली केम्पो टोलीले कुल १७ पदक जित्दै प्रभावशाली प्रदर्शन गरेको हो । नेपाल केम्पो महासंघका अध्यक्ष पाभेल शाहले अहिलेसम्म नेपाली टोलीले विश्व केम्पो च्याम्पियनसिपमा कुल पाँच विधामा गरेर १७ पदक जितेको जानकारी दिए । प्रतियोगितामा नेपालका लागि विधामा पदक हात पा¥यो । जुनियर कातामा मोनालिसा धामीले स्वर्ण पदक जिते । यसै विधामा क्रिडिक्स विक्रम कुँवर र दिलमान लामाले कांस्य पदकमा चित्त बुझाए । विपन (हतियार) कातामा जुनियरतर्पm मोनालिसाले रजत तथा सुलभ श्रेष्ठ र क्रिडिक्सले कांस्य पदक प्राप्त गरे ।
१८ वर्षमाथिको काता विधामा यमन पाण्डेले कांस्य पदक जिते । समूह कातामा मोनालिसा र इरा गौतमको जोडीले कांस्य पदक जित्यो । सेल्फ डिफेन्समा सुरेश पराजुली, यमन पाण्डे, मोनालिसा र शिवहरि राईको टोलीले कांस्य पदक हात पा¥यो । मिक्स्ड सेल्फ डिफेन्स (पुरुष तथा महिला) मा अञ्जना शाही, यमन पाण्डे, मोनालिसा र शिवहरिले रजत पदक जिते । सेल्फ डिफेन्स विधामा अञ्जना शाही र मोनालिसाले कांस्य पदक प्राप्त गरे । दोस्रो दिनको सबमिसन विधा जुनियरतर्पm क्रिडिक्स विक्रमले रजत पदक जित्दा मोनालिसा, सुलभ श्रेष्ठ र आइरा गौतमले कांस्य पदक जिते ।
महासंघका अध्यक्ष शाहले आगामी २६ अप्रिलसम्म हुने प्रतियोगिता थप पदक जित्ने आशा व्यक्त गरेका छन् । उक्त प्रतियोगितामा नेपालबाट कुल १६ खेलाडी तथा अधिकारीहरू सहभागी छन् । नेपाली टोलीका प्रशिक्षक अञ्जना शाहीले नेपालको झण्डा विश्वस्तरमा फहराउन सफल भएकोमा सबै पदक विजेता तथा सहभागी खेलाडीहरूलाई बधाई दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु