दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुरेश किरणको सम्झनामा स्मृति ग्रन्थ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख १२ गते, शनिबार ६:५७

दिग्गज पत्रकार, साहित्यकार तथा संस्कृतिविद सुरेश किरण मानन्धरको स्मृतिमा प्रकाशित सुरेश किरण स्मृतिग्रन्थको ४५ दिनको पुण्य तिथिको अवसरमा बैशाख ९ गते बुधवार आयोजित कार्यक्रमबिच लोकार्पण गरिएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना तथा काठमाडौँ महानगरपालिका र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सो स्मृतिग्रन्थ प्रकाशन गरिएको हो । स्मृतिग्रन्थको संयुक्त रूपमा भिक्षु कौडिण्य, डा. पुष्पराज राजकर्णीकार, रश्मिला प्रजापति, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का अध्यक्ष लक्की चौधरी, प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झविन्द्र भुषाल, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, पूर्व अध्यक्ष श्रीकृष्ण महर्जन, सुरजवीर बज्राचार्य लगायतले लोकार्पण गर्नुभयो ।

पत्रकार तथा साहित्यकार सुरेश किरणको गत फागुन २६ गते हृदयघाटका कारण निधन भएको थियो। भाषा आयोगका सदस्यसमेत रहनुभएका स्वर्गीय मानन्धरले पत्रकारिता, साहित्य, संस्कृति तथा लेखन क्षेत्रमा उहाँको योगदान रहेको छ।

सो अवसरमा डा। पुष्पराज राजकर्णीकारले मानन्धरले पत्रकारितामार्फत समाज रूपान्तरणमा ठुलो योगदान दिएको स्मरण गर्नुभयो। समाजमा विद्यमान कुरीति, बेथिती र विसङ्गति विरुद्धमा उहाँको कलम चल्ने गरेको बताउँदै उहाँले समाज रूपान्तरणमा उहाँको भूमिकाको स्मरण गर्नुभयो।

फोनिजका अध्यक्ष लक्की चौधरीले मानन्धरका रचना र सिर्जनामा सामाजिक रूपान्तरणको चेत झल्किने गरेको उहाँले साहित्य सिर्जना, लेखन तथा प्रस्तुतीकरणमार्फत समाज रूपान्तरण अभियानमा योगदान दिनुभएको बताउनुभयो। उहाँको सिर्जना र कृतिले मानन्धरलाई अमर बनाएको भन्दै उहाँले अल्पायूमा मानन्धरको निधनले देश र समाजलाई ठुलो क्षति पुगेको बताउनुभयो । स्वर्गीय मानन्धरप्रति उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

कार्यक्रममा झविन्द्र भुषाल, सुनिल महर्जन, सुरेन्द्रभक्त श्रेष्ठ लगायतले सुरेश किरण मानन्धरले समाज र देशका लागि खेल्नुभएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रम नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको थियो । स्मृतिग्रन्थमा विभिन्न लेखकका ९१ वटा लेख रहेको छ । ग्रन्थ ३६४ पृष्ठको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु