दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

योङ्ग पिकोसोको आयोजनामा सत्ताइस देशका बालचित्रकारको चित्र पाटनमा प्रदर्शित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख १२ गते, शनिबार ६:५९

बैशाख ११, ललितपुर ।
योङ पिकासोको आयोजनामा २७ देशका बालचित्रकारहको प्रदर्शनी चिल्ड्रेन आर्ट एक्जिविसन पाटन संग्रहालयमा प्रदर्शित भएको छ ।

उक्त प्रदर्शनीमा सहभागी भएका देशहरुका नेपालसहित क्यानडा, बुल्गेरिया, ब्रुनोइ, मोनाको, साउदी अरेबिया, क्यामरुन, कोलम्बिया, युएई, स्पेन, एल साल्भाडोर, मेक्सिको, भारत, नेदरल्याण्ड, पेरु, इक्वेडर, बंगलादेश, श्रीलंका, भूटान आदि देश रहेका छन् ।

दुइ दिनसम्म चल्ने उक्त प्रर्दशनीमा नेपालबाट सहभागी भएका ३४ जना बालचित्रकारहरुको ८३ सहित विभिन्न देशबाट आएका ७७ वटा चित्र गरी जम्मा १६० वटा चित्रहरु प्रदर्शनीमा रहेका छन् ।

नेपालबाट सहभागी चित्रकारहरुमा लनि लामा, आशिर्या देशार, नित्या गोयंका, श्रीति चौधरी, उज्जवल अमात्य, अर्विन तण्डुकार, कियान्सराज शाक्य, युर्गेन तामाङ, आर्यमन लाखे, रोमल्ड सुदन राई, नेभेन महर्जन, नोराह डंगोल, स्वेब शाक्य, संयम महर्जन, सार्दुल विक्रम महत, आरोग्यराज शाक्य, दिब्यान्सा महर्जन, दियान शाक्य, पालिजा खड्गी, मिताञ्जली कुँवर, आध्या देशार, आरोग्य भण्डारी, अस्वी थापा, मिग्योल ताम्राकार, स्टेला तुलाधर, न्हुजला श्रेष्ठ, आर्यश्री लाखे, काभ्या श्रेष्ठ आदि रहेका छन् । नेपालबाट सहभागी भएकामध्ये दुइजना बालबालिकाहरु चिनबाट विदामा आएकोमा समयमा योङ पिकासोबाटै अध्ययन गरेका ल्यान जी र क्याण्डी हाओ पनि प्रदर्शनीमा सहभागी भएका छन् । सबै बालचित्रकारहरु योङ्ग पिकासोमा चित्रकला अध्ययन गरेका विद्यार्थीहरु रहेका छन् ।

उक्त प्रदर्शनीको उद्घाटन वरिष्ठ चित्रकार राधेश्याम मुल्मीले चित्र कोरेर गर्नुभएको थियो । समारोहमा मुल्मीसहित ग्लोबल एक्सन नेपालका संस्थापक तथा निर्देशक बाबुकाजी श्रेष्ठ, कोलम्बियन काउन्सिल अफिसका मिरा श्रेष्ठ, वरिष्ठ मूर्तिकार राकेश अवाले, साहित्यकारद्धय आरएम डंगोल र सोमनाथ दाहाल, समाजसेवी शाक्य शुरेन, उद्योग वाणिज्य संघ ललितपुरका पूर्व अध्यक्ष अजरमान जोशी आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै ग्लोबल एक्सनका निर्देशक बाबुकाजी श्रेष्ठले बालबालिकामा भएको प्रतिभालाई चिनेर अभिभावकले अवसर दिँदा धेरै बच्चाहरुको पहिचान अघि बढाउन सफल भइने बताउनुभयो । उहाँले भन्नुभयो, “अबको बालबालिकामा भएको इच्छा अनुकुलको काम हामीले गराउँदा उसले जीवनमा सोही अनुसारको सफलता प्राप्त गर्न सक्नेछ ।”

वरिष्ठ चित्रकलाकार मुल्मीले चित्रकलाई माया गर्ने व्यक्तिले जीवनमा खासै अभाव भोग्नु नपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “मानिसले सबैभन्दा छिट्टो बुझने माध्यम भनेकै चित्रकला हो जसले व्यक्तिमा भएको भाव प्रकट गर्न सहयोग गर्छ।”

आयोजक संस्था योङ्ग पिकासोका निर्देशक देशारले आफ्ना बालबालिकामा भएको प्रतिभालाई हरेक बाबुआमाले सच्चाएर अघि बढ्नु असल अभिभावकको कर्तव्य सावित हुनेमा जोड दिनुभयो । देशारले बालबालिकाहरुलाई केन्द्रित गरेर योङ पिकासो नियमित रुपमा प्रदर्शनी, पुस्तक प्रकाशन र गाउँ गाउँका कलाको विकासका कार्यक्रम संचालन गरिरहेको जनाउनुभयो ।

प्रदर्शनीको उद्घाटन समारोहमा १३ वर्षीया बालचित्रकार आशीर्या देशारद्धार चित्रकलासहित परिकल्पना गरी रचिएको पुस्तक एड्भेञ्चर विदिन वन माइन्ड विमोचनसमेत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु