दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली केम्पो टोलीलाई एक स्वर्णसहित २५ पदक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख १३ गते, आईतवार ६:१२

काठमाडौं, वैशाख १२– नेपाली केम्पो (मार्सल आटर््स) टोलीले टर्कीको भएको २२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा एक स्वर्णसहित कुल २५ पदक जित्दै ऐतिहासिक सफलता पाएको छ ।
टर्कीको एन्टाल्या शहरमा भएको च्याम्पियनसिपमा कुल पाँच विधामा गरेर नेपाली टोलीले एक स्वर्ण, ६ रजत र १८ कांस्यसहित कुल २५ पदक जितेको हो । जुनियर कातामा मोनालिसाले धामीले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । शनिबार भएको फुल केम्पो फाइट (जुनियर) तर्पm १२–१४ वर्ष उमेरसमूहमा पनि मोनालिसाले रजत पदक जितिन् । यसै विधाको ८ देखि १० वर्ष उमेरसमूहमा पनि आइरा गौतमले रजत पदक दिलाइन् । जुनियरतर्पm फुल केम्पो फाइट (६ देखि ८ वर्ष उमेरसमूह) मा पृशा राज्यलक्ष्मी शाह कांस्य पदकमा सीमित भइन् । यसै विधामा १२ देखि १४ वर्ष उमेरसमूहमा सुलभ श्रेष्ठले कांस्य जिते । फुल केम्पो फाइट (सिनियर) मा पनि नेपालका शिवहरि राई कांस्य पदकमा नै सीमित भए ।
नेपाल केम्पो महासंघका अध्यक्ष पाभेल शाहले स्वर्ण पदकमा सीमित सफलता पाए पनि समग्रमा खेलाडीले पदकको संख्या धेरै जित्नुले उत्साहित बनाएको बताए । ‘यो विश्व च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । उनले यति धेरै पदक प्राप्त हुनु देशका लागि गौरवको विषय हो,’ उनले भने ।
प्रतियोगिताको पहिलो दिन जुनियर कातामा मोनालिसा धामीले स्वर्ण पदक जित्दै नेपालको स्वर्ण खाता खोलेकी थिइन् । सोही विधामा क्रिडिक्स विक्रम कुँवर र दिलमान लामाले कांस्य पदक जिते । विपन काता (जुनियर) मा मोनालिसा धामीले रजत, सुलभ श्रेष्ठ र क्रिडिक्स विक्रम कुँवरले कांस्य पदक जिते । काता (१८ वर्षमाथि) मा यमन पाण्डेले कांस्य पदक हात पारे । समूह कातामा मोनालिसा धामी र आइरा गौतमले कांस्य जित्दा, सेल्फ डिफेन्स विधामा सुरेश पराजुली, यमन पाण्डे, मोनालिसा धामी र शिवहरि राईको टोलीले कांस्य पदक जित्यो । मिक्स सेल्फ डिफेन्समा अञ्जना शाही, यमन पाण्डे, मोनालिसा धामी र शिवहरि राईले रजत जिते भने सेल्फ डिफेन्स (जोडी) मा अञ्जना शाही र मोनालिसा धामीले कांस्य पदक प्राप्त गरे ।
दोस्रो दिन सबमिसन (जुनियर) मा क्रिडिक्स विक्रमले रजत जिते भने मोनालिसा धामी, सुलभ श्रेष्ठ र आइरा गौतमले कांस्य पदक जिते । सेमि केम्पो फाइट (जुनियर) मा मोनालिसा धामीले रजत पदक जित्दा क्रिडिक्स विक्रम र आइरा गौतमले कांस्य पदक जिते । नक डाउन फाइटमा यमन पाण्डेले कांस्य जिते । महासंघका अध्यक्ष शाहले भने,यति धेरै पदक प्राप्त गर्नु नेपालको लागि गौरवको विषय हो । यो हाम्रो विश्व च्याम्पियनसिपमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । नेपालबाट कुल १६ खेलाडी तथा अधिकारी सहभागी रहेको प्रतियोगितामा प्रशिक्षक अञ्जना शाहीले सबै पदक विजेता तथा सहभागी खेलाडीलाई विश्वस्तरमा नेपालको झण्डा फहराउन सफल भएकोमा बधाई दिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु