दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘लालीबजार’को तेस्रो गीत ‘मै राम्री छु त नी’को छोटो अंश सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख १३ गते, आईतवार ७:५४

काठमाडौं । आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लालीबजार’को तेस्रो गीत ‘मै राम्री छु त नी’को छोटो अंश सार्वजनिक गरिएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सले आफ्नो युट्युब च्यानलमार्फत गीतको झलक सार्वजनिक गरेको हो ।

गीतमा दीपिका बयम्बू मगरको स्वर रहेको छ भने कोरसमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको स्वर समावेश छ । प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतलाई प्रदीप लामाले कोरियोग्राफी गरेका छन् ।

सार्वजनिक भिडियोमा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ र जानकी कडायत लगायत कलाकार फिचर्ड छन् । गीतमा नारी सुन्दरताको प्रस्तुति गरिएको छ र स्वस्तिमा केन्द्रमा देखिएकी छन् । क्लिप सामाजिक सञ्जालमा प्रयोग हुन थालेको छ ।

गीतको पूर्ण संस्करण फिल्मसँगै वैशाख १८ गतेदेखि हलमा हेर्न पाइने निर्माण पक्षले जनाएको छ । यसअघि सार्वजनिक ट्रेलरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ र युट्युबको मुभी चार्टमा ट्रेन्डिङमा छ ।

आमा–छोरीको कथामा आधारित फिल्मले बादी समुदायमा रहेको ‘नाथिया’ जस्तो कुप्रथालाई उठान गरेको छ । फिल्ममा स्वस्तिमा खड्का आमाको भूमिकामा देखिएकी छन् ।

यम थापाको निर्देशनमा बनेको फिल्मको कथा तथा पटकथा यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । षट्कोण आर्ट्सको निर्माणमा बनेको फिल्ममा विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्मका निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्र सिंह बानियाँ हुन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु