
१३ वैशाख, चितवन । वन्यजन्तुमा आधारित चितवनको पर्यटन क्षेत्रलाई विश्व सामु प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा पहिलोपटक ‘सफारी टुरिज्म मार्ट’ आयोजना गरिएको छ ।
चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरु मेघौली, पटिहानी, सौराहा क्षेत्रबाट हुने जंगल सफारी, पूर्वाधार, होटल तथा रिसोर्टहरुको अवस्था, विभिन्न जातजातिहरुको सांस्कृतिक पहिचान जस्ता विषयलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन तथा प्रवर्द्धन गर्ने उद्देश्यले सफारी टुरिज्म मार्टको आयोजना गरिएको हो ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा विभिन्न अन्य संघसंस्थाको सहयोगमा सुरु भएको मार्टमा भारत, बंगलादेश, थाइल्यान्ड लगायत देशका पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुको सहभागिता छ ।


