तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल कबड्डी लिग : ६ टिमले लिए ८४ खेलाडी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख १४ गते, सोमबार ५:३८

नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् आइतबार ८४ खेलाडी आबद्ध गरेका छन्, जसमा नेपाली खेलाडी ५४ छन्, भने बिदेशीको संख्या ३० रहेको छ ।

दुसित प्रिन्सेस होटल, लाजिम्पाटमा आयोजित प्लेयर्स ड्राफ्टमा छनोट गरिएका १ सय ४२ जना नेपाली खेलाडीलाई तीन क्याटगोरीमा वर्गीकरण गरी राखिएको थियो । बिदेशी खेलाडीतर्फ १४ देशका ८० खेलाडीलाई पनि तीनै क्याटगोरीमा राखिएको थियो । त्यसमध्ये पहिलो सिजनका १० खेलाडीलाई रिटेन गरिएको थियो । प्रत्येक टिमलाई बढीमा दुई खेलाडी रिटेन गर्ने सुविधा दिइएको थियो । बाँकी ७४ खेलाडी ड्रफ्टमार्फत् लिइएको हो ।

जेठ २२ गतेदेखि (जुन ५ तारिख) देखि दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा हुने एनकेएल सिजन २ मा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्दैछन् ।

सबै टिमले स्वदेशी ९ र बिदेशी ५ खेलाडी ड्राफ्टमार्फत् लिएर टिम तयार पारेका छन् । भारतीय खेलाडी कम्तीमा एक जना लिनैपर्ने व्यवस्था गरिएको थियो । टिममा कम्तीमा १२ र बढीमा १४ खेलाडी राख्न पाउने व्यवस्था छ । सबै टिमले १४ खेलाडीको टिम बनाएका छन् । एनकेएल २ खेल्ने ३० जना बिदेशी खेलाडी भारत, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया, ताइवान र केन्याका हुन् । यसमा केही खेलाडी भारतको प्रो कबड्डी लिगका अनुभवी छन् ।

डिफेन्डिङ च्याम्पियन जनकपुरले अलराउन्डर राजु टमाटा र थाई रेइडर चायफोन कामुनीलाई रिटेन गर्यो भने काठमाडौं राष्ट्रिय टिमका कप्तान घनश्याम रोका मगरलाई निरन्तरता दियो । विराटनगरले सुशील चुनारा र सुरज बोहरा, पोखराले भुवन बोहरा र रविन कुँवर, बुटवलले नवीन देउवा र गणेश पार्की तथा धनगढीले प्रकाश गिरिलाई रिटेन गरे ।

कार्यक्रममा एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानी, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रामचरित्र मेहता, नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनका महासचिव राजकुमार कार्की, ओलम्पियन संघका अध्यक्ष दीपक विष्टलगायतको उपस्थिति रहेको थियो ।

एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएल सिजन २ को ब्रोडकास्ट पार्टनरको रुपमा कान्तिपुर म्याक्स टीभी एचडी भित्र्याइसकेको छ । फ्रेन्चाइज लिगको रियालिटी शो पार्टनर नेपहपको श्रीपेच रहेको छ ।

—
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको ‘अग्रज खेल पत्रकारिता सम्मान २०८३’ बाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत तथा ‘सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार -२०८३’ बाट नायक पौडेल पुरस्कृत भएका छन्।

मञ्चको २१ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले दुवै पत्रकारलाई सम्मानित गरे। अग्रज सम्मान पाएका राउतले सम्मान पत्र सहित नगद ३५ हजार तथा अनुज पत्रकार नायकलाई ल्यापटप पुरस्कार प्रदान गरिएको थियो।

हाल लोकान्तर अनलाइनमा कार्यरत खेल पत्रकार रोशन सिंह राउतले झन्डै ३ दशक खेलकुद पत्रकारितामा बिताएका छन्। सो क्रममा उनले श्री सगरमाथा र एभरेस्ट हेराल्ड हुँदै रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, स्पेस टाइम्समा काम गरेका थिए। साथै अन्नपूर्ण पोस्टमा उनले दुई दशक खेलकुद ब्युरो प्रमुखका रूपमा काम गरेका थिए।

सो क्रममा उनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता देखि एसियाली खेलकुद अनि फिफा विश्वकप छनोट देखि एसीसी ट्रफी सम्मको फिल्ड रिपोर्टिङ गरेका छन्।

रोशनले पूर्वाञ्चल विश्व विद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक तह उत्तीर्ण गरेका छन्।

सम्मान प्राप्त गरेपछि रोशन सिंह राउतले भने, ” मैले विभिन्न ठाउँबाट सम्मान पाएको छु। तर यो सम्मान मेरो लागि अति विशेष छ। किनकि यो मैले आफ्नै परिवारबाट पाएको हुँ।”

यसैगरी सुमन भोम्जन युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत युवा पत्रकार नायकले द राइजिङ नेपाल हुँदै द काठमान्डु पोस्ट अंग्रेजी दैनिकमा काम गरेका छन्।

उनले कम्युनिकेसन एन्ड जर्नालिजममा स्नातक अनि अँग्रेजीमा स्नाकत्तोर गरेका उनले गत वर्ष एएफसी महिला एसियन कप छनोट कप र टी-२० क्रिकेट विश्वकपमा उत्कृष्ट समाचार सम्प्रेषण गरेका थिए।

पुरस्कार प्राप्त गरेपछि उनले भने, ” अग्रज पत्रकारहरूको प्रेरणाले गर्दा म यो पुरस्कारको हकदार हुन सकेँ। यस्तो प्रेरणा भविष्यमा पनि पाइरहने विश्वास छ।”

समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले पुरस्कृत पत्रकारलाई बधाई दिँदै मञ्चको साधारण सभाको सफलताको कामना गरेका थिए।

उक्त अवसरमा नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्टले मन्तव्य व्यक्त गरेका थिए। उद्घाटन समारोहको सभापति नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रममा उपस्थित अतिथिहरूलाई धन्यवाद दिएका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु