दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पाहुनालाई मौलिक स्वाद चखाउँदै आर्वा फार्म स्टे बाई भान्सालय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख १६ गते, बुधबार ९:२०

आर्वा फार्म स्टे बाई भान्सालय बन्दै सीप,स्वाद र संस्कृतिको बेजोड संगम

नेेपाली मौलिक खानाको संरक्षण, प्रवर्द्धन र व्यावसायिक पाककलालाई संस्थागत रूप दिने हेतुले कास्कीको पोखरा १३ आर्वा मा अवस्थित आर्वा फार्म स्टे मा “भान्सालय” नेपाली एथनिक कलिनरी आवासीय स्कुल” संचालनमा ल्याइने भएको छ।

नेपाली पाककलामा प्रसिद्धी प्राप्त भान्से लक्ष्मण प्रसाद भण्डारीको नेतृत्वमा सुरु हुन लागेको यस स्कुलले नेपाली परम्परागत भोजनलाई आधुनिक पाकशिक्षा सँग जोड्ने लक्ष्य लिएको छ।

आर्बा फार्म स्टे ५२ रोपनी मा फैलिएको छ जहां ११ आवासिय रुम र नितान्त अर्गानिक जीवनशैलीलाई र खानाको व्यवस्था रहेको छ ।जहाँ बाट पोखरा अवलोकन गर्न सकिन्छ भने माछापुच्छ्रे हिमाल काखैमा रहेको भान हुन्छ ।नेपाली रैथाने परिकार को क्लास सिटीभिटी मान्यता प्राप्त सुपरनोभा कलिनरी स्कुल धुलीखेलको सहकार्यमा सञ्चालन हुने छ ।

गुल्मीको चन्द्रकोट ७ रूपाकोट स्थायी घर भएका भण्डारी करिब ३९ वर्षभन्दा बढी अनुभव बोकेका भान्से ले नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित आवासीय पाककला विद्यालय र अर्गानिक नेेपाली रेस्टुरेन्ट स्थापना गर्न लागेका हुन्। जहाँ योगा र फार्म सहितको आवासिय सुविधा रहेको छ ।

संचालक भण्डारी भन्छन्
“परम्परागत संरचनामा आधुनिक सेवा, सुविधा प्रवाह गर्दा यसको आकर्षण बढेको छ । यहाँ आउने पर्यटक गाउँको मौलिक स्वाद र प्राकृतिक शान्तिमा रमाउन पाउँछन् ।”
यो फार्म केवल पर्यटकका लागि होटेल मात्र होइन, यहाँ दैनिक रूपमा अर्गानिक तरकारी, फलफूल, अनाज, दुग्धजन्य पदार्थ र स्थानीय बाली उत्पादन हुन्छ । यही कृषि र पशुपालनबाट प्राप्त दूध, दही, घ्यू, मासु, अण्डा, फलफूल र तरकारी फार्ममा बस्ने पाहुनालाई दिइन्छ ।

छिट्टै फार्म स्टे बाट उत्पादित पिँडालु र मासको मस्यौरा, सिन्की,गुन्द्रुक,अचार ,अदुवाको धुलो लगाएत अन्तराष्ट्रिय बजारसम्म पठाउने तयारी रहेको पनि भण्डारीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु