दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पदक विजेता बिच कबड्डी टोलीको स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख १७ गते, बिहीबार ६:३०

काठमाडौं बैशाख १६ गते ।

छैटौं एसियाली बिच खेलकुदअन्तर्गत महिला कबड्डीमा कांस्य पदक जितेको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ ।
टोलीलाई युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल कबड्डी संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
चीनको सान्यमा भएको खेलकुदअन्तर्गत अप्रिल २३ देखि २७ तारिखसम्म भएको महिला कबड्डीमा नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । समूह ‘बी’ मा नेपालले चाइनिज ताइपेइ, थाइल्यान्ड र बंगलादेशलाई हराउदै विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा नेपाल श्रीलंकासंग पराजित भएको थियो ।
खेलाडी टोलीमा मानमति विष्ट (कप्तान), अनुजा कुलुङ राई (उप कप्तान), रविना चौधरी, सिर्जना थारु, मिना नेपाली र नानुमाया पराजुली रहेका छन् । प्रशिक्षकमा रतिाया राजवंशी छन् । टोलीसंगै अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा पनि नेपाल फर्किएका छन् ।
चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । त्यसबेला बिच खेलकुदमा सहभागी मिना र नानुमाया बाहेक चारै खेलाडी टोलीमा थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु