तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दोस्रो राष्ट्रिय बेसबल ५ च्याम्पियनसिप: सेमिफाइनलको समीकरण पूरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख १९ गते, शनिबार २३:०२

काठमाडौं – नेपाल बेसबल तथा सफ्टबल संघ (NBSA) को आयोजनामा भइरहेको दोस्रो राष्ट्रिय बेसबल ५ च्याम्पियनसिपको दोस्रो दिनको खेलहरू सकिएसँगै सेमिफाइनलको समीकरण तयार भएको छ।
डल्लुस्थित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा भइरहेको प्रतियोगितामा आज भएका लिग चरणका खेलहरूमा साविक विजेता बागमती प्रदेश र लुम्बिनी प्रदेश आ-आफ्नो समूहको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
आजको नतिजा:
बागमती प्रदेशले गण्डकी प्रदेशलाई १९-३ को फराकिलो अन्तरले पराजित गर्‍यो।
सुदूरपश्चिम प्रदेशले युनिभर्सिटी टोलीलाई १७-२ ले हरायो।
लुम्बिनी प्रदेशले कोशी प्रदेशमाथि ८-५ को कठिन जित निकाल्यो।
मधेश प्रदेशले कर्णाली प्रदेशलाई २३-५ को विशाल अन्तरले पाखा लगायो।
भोलिको तालिका (नआउट चरण):
भोलि (मे ३) बिहान ११ बजेदेखि सेमिफाइनलका खेलहरू हुनेछन्। पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता बागमती प्रदेश र समूह ‘बी’ को उपविजेता कोशी प्रदेश भिड्नेछन्। दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता लुम्बिनी प्रदेशले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु