
काठमाडौं । कालिमाटीमा अवस्थित रहेको सिटिईभिटी को सबन्धन तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी, मलेसियाको सहकार्य अन्तर्गत पढाई हुने एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्ट विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको छ ।
युवाहरूलाई होटल सम्बन्धि तालिम दिएर रोजगारी दिन सफल एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले हस्पिटालिटी र डिप्लोमा ईन कुलनरी आर्ट्स (परिकार बनाउने) अन्तर्गत अन्तर्राष्ट्रिय स्तरका कक्षा तथा तालिमहरू सञ्चालन गर्दै आएको छ। पिडिएचएम सम्बन्धी १ बर्से (६+६) कोर्षको पठन पाठन हुँदै आएको यस इन्स्टिच्युटमा कमर्सियल कुकरी, ब्रेकरी, पिजा मेकिङ, कफी मेकिङ (बारिस्टा ट्रेनिङ), हाउस किपीङ, फ्रण्ट अफिस, फुड एण्ड बेभरेज सर्भिस तथा हस्पिटालिटी म्यानेजमेण्टको कोर्षमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।

कोर्ष अध्ययन पश्चात हासिल हुने सीपले रोजगारीका लागि त्यसै भौतारिरहनु नपर्ने तर्क पेश गर्दै उक्त पास आउट भएका अधिकांश विद्यार्थीहरूले स्वदेश एवं विदेशस्थित स्तरीय होटल एवं रेस्टुरेन्टहरूमा रोजगारी पाएको एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टका प्रमुख राजेन्द्र प्रसाद त्रिपाठी ले जानकारी दिनुभयो ।

यसैबीच,इन्स्टिच्युटमा कुलिनरी हेडको रूपमा कार्यरत शेफ बिजय घिमिरेले व्यावसायिक सीप, व्यवहारिक प्रशिक्षण र अन्तर्राष्ट्रिय स्तरको सिकाइले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न ठूलो सहयोग पुगेको बताउनुभयो । “आजको समयमा केवल सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक सीप अत्यन्त आवश्यक छ । एक्सप्लोर इन्स्टिच्युटले विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रमा आवश्यक पर्ने दक्षता प्रदान गरिरहेको छ,उहाँले बताउनुभयो ।

होटल, दिगो पर्यटन व्यवस्थापन तथा सामुदायिक होमस्टे सम्बन्धी सम्पूर्ण तालिम प्रदान गर्दै आएको एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले निकट भविष्यमा आफ्नो सेवालाई नेपालका अन्य ठूला सहरहरूमा पनि विस्तार गर्ने योजना बोकेको छ ।


