तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बाल संसार माध्यमिक विद्यालयकाे उत्कृष्ट नतिजा हासिल, ५ विद्यार्थीले ल्याए ४ GPA

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख २९ गते, मंगलवार १४:२८

२९ वैशाख काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) 2082 मा बाल संसार माध्यमिक विद्यालयले उत्कृष्ट तथा ऐतिहासिक नतिजा हासिल गरेको छ। विद्यालयका ३९ जना विद्यार्थी सहभागी रहेको परीक्षामा ५ जना विद्यार्थीले ४ GPA ल्याउँदै विद्यालयलाई गौरवान्वित बनाएका छन्।
विद्यालयका अनुसार २९ जना विद्यार्थीले A+ ग्रेड, ७ जनाले A ग्रेड तथा ३ जनाले B+ ग्रेड प्राप्त गरेका छन्। समग्र नतिजाले विद्यालयको गुणस्तरीय शिक्षा, अनुशासन र निरन्तर मेहनतलाई पुनः प्रमाणित गरेको विद्यालय प्रिन्सिपल तेज राईले डिजिटल खबर लाई जानकारी दिनुभयो।

प्रिन्सिपल राईले यस सफलताले सम्पूर्ण विद्यालय परिवारलाई उत्साहित बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासकै परिणामस्वरूप यस्तो ऐतिहासिक उपलब्धि सम्भव भएको हो। आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यार्थीको भविष्य उज्यालो बनाउन विद्यालय प्रतिबद्ध रहनेछ।”

त्यस्तै विद्यालयका निर्देशक टेन्डि शेर्पा ले SEE 2082 को नतिजा विद्यालयको निरन्तर शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
“बाल संसारले केवल नतिजामात्र होइन, सक्षम, अनुशासित र आत्मविश्वासी विद्यार्थी उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको छ। यस सफलताले सम्पूर्ण विद्यार्थी र शिक्षक टिमको मेहनतलाई सम्मान गरेको छ।”

विद्यालयले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु