दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रग्बीका प्रेम उज्वेकिस्तान जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ३० गते, बुधबार १९:१७

काठमाडौं बैशाख ३० गते ।
रग्बी रेफ्री प्रेमबहादुर कोइरालाले सेन्ट्रल एन्ड साउथ एसिया (कासा) रग्बी सेभेन्स प्रतियोगितामा मुख्य रेफ्रीका रुपमा सहभागी हुन बिहीबार उज्वेकिस्तानको तास्केन्त प्रस्थान गर्ने भएका छन् । प्रतियोगिता मे १७ देखि १८ तारिखसम्म हुनेछ ।
उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेपका पूर्व सदस्य सन्तकुमार मेहता र नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
केही दिन अघि एसिया रग्बी डेभलोप्मेन्ट प्यानलमा परेपछि प्रेम मुख्य रेफ्रीमा मनोनित भएका थिए । नेपालबाट रग्बीको मुख्य रेफ्रीमा मनोनित हुने प्रेम पहिलो भएको महासचिव घिमिरेले जनाएका छन् । यसअघि उनी सहायक रेफ्री थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु