
काठमाडौं ।आगामी जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार निर्माण पक्षले युट्युबमार्फत तीन मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याएको हो । फिल्मका मुख्य जोडी विपिन कार्की र केकी अधिकारीलाई केन्द्रमा राखिएको ट्रेलरले उनीहरूको सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरेको छ ।


