दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चेतन भट्टको देउडा गीत ‘नबास कोइली’ सार्वजनिक (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ १ गते, शुक्रबार ६:२५

काठमाडौँ। सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत ‘नबास कोइली’ सार्वजनिक भएको छ ।

युवा गायक तथा सर्जक चेतन भट्टको स्वर,शब्द तथा संगीत रहेको गीतले परदेशिएको सन्तानको पीडा, आमाको माया र गाउँघरको सम्झनालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ ।

गीतको सङ्गीत संयोजन विनोद बाजुरालीले गरेका हुन् भने रेकर्डिङ सागर बाजुरालीले गरेका छन् । त्यसैगरी मिक्सिङ तथा मास्टरिङ खडक बाजुरालीले गरेका हुन् । गीत मालाश्री स्टुडियो मा रेकर्ड गरिएको हो । गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोका निर्माता रेणुका अवस्थी हुन् भने कथा तथा निर्देशन केशव राज भट्टले गरेका छन् । भिडियोमा चेतन भट्ट, ऋषभ भट्ट र शुमिना कार्कीको अभिनय रहेको छ ।

भिडियोको छायाङ्कन करण चैसिरले गरेका छन् भने सम्पादन तथा रङ संयोजन दिपक बिष्टले गरेका हुन् ।

हेर्नुस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु