तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तेक्वान्दोको पुम्से टोली मंगोलिया जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २ गते, शनिबार ५:२३

नवौं एसियाली तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शनिबार मंगोलियाको उलन्बटार प्रस्थान गर्ने भएको छ ।
जापानमा हुने २० औं एसियाली खेलकुदको छनोटका रुपमा समेत रहेको प्रतियोगिताको पुरुषमा युवराज राना मगर र महिलामा स्वस्तिका तामाङले एकल पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रशिक्षकमा कविराज खड्गी छन् । खड्गीका अनुसार शीर्ष ७ स्थानमा पर्न सके एसिायली खेलकुदका लागि खेलाडी छनोट हुने छन् । टोलीलाई नेपाल तेक्वान्दो महासंघका महासचिव हेमन्त डाँगी, तेक्वान्दोका मुख्य प्रशिक्षक पूर्ण योञ्जनलगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता मे १९ देखि २० तारिखसम्म हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु