
काठमाडौं । नेपाल शिक्षाशास्त्री समाजको चौथो साधारणसभा तथा राष्ट्रिय शैक्षिक सम्मेलन त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको केन्द्रीय पुस्तकालयमा शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा देशभरबाट बिभिन्न शिक्षाविद् ,प्राध्यापक ,अनुसन्धानकर्ता लगाएत शिक्षा क्षेत्रका प्रमुख व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.बज्रराज शाक्यले नेपालको शिक्षा प्रणालीको वर्तमान अवस्थामा आधुनकिताको प्रभाव बढ्दै गएको उल्लेख गर्दै आधुनिक शिक्षामा केही सहजता ल्याएपनि यसले मौलिक शिक्षा, मानवीय संवेदना र संस्कारलाई क्रमशः कमजोर बनाउँदै लगेको धारणा व्यक्त गर्नुभयो। उहाँले नेपालको शिक्षा प्रणाली तथा पाठ्यक्रमलाई समयानुकूल परिवर्तन गरी व्यावहारिक,वैज्ञानिक र जीवनोपयोगी बनाउन आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा बिभिन्न वक्ताहरूले नेपालको शिक्षामा व्यापक सुधार आवश्यक रहेको औँल्याउँदै पाठ्यक्रमलाई व्यवहारीक,समाजोपयोगी तथा प्रविधिमैत्री बनाउनुपर्ने धारणा व्यक्त गरे। शिक्षा र व्यवहारबीच तालमेल हुनुपर्ने तथा आधुनकि शिक्षा सँगै नैतिक शिक्षा र संस्कारलाई पनि समान रूपमा अगाडी बढाउनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित भई योगदान पुर्याउँदै आएका व्यक्तत्विहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानति व्यक्तहिरूले शिक्षालाई आधुनिक , नैतिक तथा व्यवहारीक बनाउँदै समाज रूपान्तरणसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
त्यसैगरी,वर्तमान समयमा शिक्षक कृतिम बुद्धिमत्ता एआईको प्रभाव बढ्दै गएको सन्दर्भमा प्राध्यापकहरू समयानुकूल अपडेट हुनुपर्ने आवश्यकतालाई जोड दिदै वक्ताहरूले एआईको प्रयोगलाई व्यवस्थित र प्रभावकारी बनाउन स्पष्ट नीतितथा कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखेका थिए ।
महाधिवेशनबाट प्राध्यापक पेसल खनालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। नवगठित समितिलाई शिक्षा क्षेत्रको बिकास, संगठनको सुदृढीकरण तथा शैक्षिक सुधारका कार्यमा सकृय भएर अगाडी बढ्नका लागि कार्यक्रममा उपस्थति सम्पूर्ण वक्ता तथा सहभागीहरूले धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।
नेपालका बिभिन्न वरिष्ठ शिक्षा विद्हरुको गरिमामय उपस्थतिमिा सम्पन्न उक्त कार्यक्रममा शिक्षा क्षेत्रको गुणस्तरीय बिकास, शिक्षाको सुदृढीकरण तथा शिक्षकहरूको पेसागत क्षमता अभविृद्धकिा बिषयमा विशेष जोड दिईएको थियो ।
नेपाल शिक्षाशास्त्री समाजका वर्तमान अध्यक्ष प्राध्यापक डा.तीर्थराज पराजुलीले आफ्नो मन्तव्य व्यक्त गर्दै यस संस्थाको स्थापना पवित्र उद्देश्यका साथ भएको उल्लेख गर्नुभयो। उहाँले शिक्षक,शिक्षा तथा शिक्षण पेशाको गुणस्तर अभिवृद्धि गर्दै शिक्षकहरूको पेसागत बिकास लाई सशक्त बनाउने लक्ष्यका साथै संस्था स्थापना गरिएको बताउँदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।
नवनर्विाचति कार्यसमितिले नेपालभर रहेका शिक्षक तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने ,शिक्षकहरूको पेसागत दक्षता तथा क्षमतामा बिकास गर्ने, साथै देशव्यापी रूपमा शैक्षिक बिकासको कार्यक्रम सञ्चालन गर्ने मुख्य उद्देश्य रहेको स्पष्ट पारेको छ।
कार्यक्रममा नेपालको शिक्षा क्षेत्रका विशिष्ठ शिक्षाविद्हरुको गरमिामय उपस्थिति रहेको थियो । कार्यक्रममा प्राध्यापक डा.बिद्मानाथ कोइराला शिक्षाविद् प्राध्यापक डा. वासुदेव काफ्ले ,शिक्षाविद् प्राध्यापक डा. प्रेमनारायण अर्यालको बिशेष उपस्थिति रहेको थियो ।
उहाँहरूले आफ्नो मन्तव्य व्यक्त गर्दै नेपालको शिक्षालाई गुणस्तरीय, व्यावहारीक, अनुशासित तथा समयानुकूल बनाउन आवश्यक रहेको बताउनुभयो। साथै शिक्षकहरूले पनि उच्च नैतिक मूल्य,अनुशासन र पेसागत जिम्मेवारीलाई आत्मसात् गर्दै शिक्षण कार्यमा समर्पित भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।


