तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा उज्वल जंग पराक्रम शाह निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ ९ गते, शनिबार २०:११

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा उज्वल जंग पराक्रम शाह निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको पाँचौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट शाह उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
अधिवेशनबाट शाहसँगै दुर्गाराज श्रेष्ठ र राजेन्द्र शेरचन पनि निर्विरोध निर्वाचित भएका छन् । यसैगरी संघको अध्यक्षमा रमानाथ श्रेष्ठ निर्विरोध चयन भएका छन् । नयाँ नेतृत्व चयनसँगै काठमाडौंका व्यवसायीहरूबीच संघप्रति थप अपेक्षा बढेको छ ।
उपाध्यक्ष पदमा निर्वाचित भएपछि शाहले साना तथा मझौला व्यवसायीको हकहितका लागि प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । उनले व्यवसायीहरूले भोगिरहेका कर, प्रशासनिक झन्झट, लगानी असुरक्षा तथा बजार व्यवस्थापनका समस्यालाई सम्बन्धित निकायसम्म सशक्त रूपमा पु¥याउने बताएका छन् ।
निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहले भने, “काठमाडौं जिल्लाभित्र रहेका साना तथा मझौला व्यवसायी अहिले विभिन्न चुनौतीसँग संघर्ष गरिरहेका छन् । ती व्यवसायीको आवाजलाई संघमार्फत प्रभावकारी रूपमा उठाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।”
उनले निजी क्षेत्र र सरकारबीच विश्वासको वातावरण निर्माण गर्न आवश्यक रहेको पनि बताए । “व्यवसायीलाई कर तिर्ने माध्यमका रूपमा मात्रै होइन, देशको अर्थतन्त्र चलाउने साझेदारका रूपमा हेर्नुपर्छ,” शाहले भने, “उद्यमशीलता र लगानीको वातावरण सुधार भए मात्रै आर्थिक गतिविधि चलायमान हुन्छ ।”
शाहले संघलाई व्यवसायीको साझा प्लेटफर्मका रूपमा अझ सक्रिय बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले युवा उद्यमी, स्टार्टअप व्यवसाय तथा नयाँ लगानीकर्तालाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा पनि आफूले भूमिका खेल्ने बताएका छन् ।
नयाँ नेतृत्व चयनसँगै संघले काठमाडौंका व्यवसायीका समस्या समाधान, निजी क्षेत्रको मनोबल वृद्धि तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु