
नायक अमृत लामा र नायिका करिश्मा मानन्धरले नेपाली चलचित्र ‘ताल’ (Taal) मा सँगै अभिनय गरेका छन् । चलचित्र “ताल”मा नायक अमृत लामा र नायिका करिश्मा मानन्धरको अभिनयमा केमिस्ट्री ज्यादै मिलेको छ।
वि.सं. २०५८ (सन् २००१) तिर निर्माण भएको यस चलचित्रलाई अमृत लामाले नै प्रस्तुतीकरण (Amrit Lama Presents) गरेका हुन् ।
हिमालपारिकाे जिल्ला मनाङमा सम्पूर्ण छायांकन भएको यस चलचित्रमा नायक अमृत लामा र सदाबहार नायिका करिश्मा मानन्धरसँगै महानायक राजेश हमाल, अर्जुन श्रेष्ठ, सुनिल थापा र मुना कार्की लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।
यस चलचित्रको कथा, पटकथा र संवाद मिन सागर लामाले तयार पारेका हुन् । चलचित्रका गीतमा शब्द पनि मिन सागर लामाकै रहेको छ ।
यस चलचित्रलाई नेपाल चलचित्र विकास बोर्ड (Film Development Board) को आधिकारिक नेपाली चलचित्र डेटाबेस (NMDB) मा पनि सूचीकृत गरिएको छ ।
यो चलचित्र हाल डिजिटल माध्यम यूट्यूब (YouTube) मा पनि हेर्नका लागि उपलब्ध छ ।


