दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते, सोमबार ५:५०

-क्षितिज बिक्रम खनाल
बुटवल । बुटवलस्थित भेस्पा तथा अप्रिलिया शोरुमको आयोजनामा सम्पन्न विशेष स्कुटर यात्रा कार्यक्रमले आन्तरिक पर्यटन, मित्रता र सामूहिक यात्राको उत्कृष्ट सन्देश दिएको छ। बिहानै शोरुम परिसरमा भेला भएका सहभागीहरूको उपस्थिति दर्ता, सुरक्षा ब्रिफिङ तथा यात्रासम्बन्धी आवश्यक समन्वयपछि आकर्षक ढंगले सजिएका स्कुटरहरूको समूहले औपचारिक रूपमा यात्रा सुरु गरेको थियो। अनुशासित रूपमा अघि बढेको स्कुटर र्‍याली बुटवलका मुख्य सडक हुँदै हरियाली वातावरणतर्फ अघि बढ्दा सर्वसाधारणको समेत ध्यान आकर्षित गरेको थियो। खुला सडक, प्राकृतिक दृश्य र समूहगत यात्राको उत्साहले सहभागीहरूलाई फरक अनुभूति दिलाएको बताइएको छ।
करिब ४२ किलोमिटर दुईतर्फी दूरी पार गर्दै टोली तिलोत्तमा नगरपालिका–१३, कोटिहवास्थित टाइगर फरेस्ट होटल प्रालिमा पुगेको थियो। होटल व्यवस्थापनले सहभागीहरूलाई आत्मीय स्वागत गर्दै विशेष आतिथ्यता प्रदान गरेको थियो। हरियाली वातावरण, शान्त प्राकृतिक परिवेश, खुला संरचना तथा व्यवस्थित सेवाले सहभागीहरूको मन जितेको थियो। होटल परिसरमा साथीभाइसँग बसेर गरिएको खाजा, हाँसो, रमाइलो र आत्मीय संवाद कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। सहभागीहरूले प्राकृतिक वातावरणमा स्वादिष्ट परिकारसँग बिताएको समय अत्यन्त स्मरणीय बनेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमका क्रममा सहभागीहरूले होटल परिसरमा सामूहिक भेटघाट, तस्बिर तथा भिडियो निर्माणका गतिविधिहरू समेत गरेका थिए। विशेषगरी बियर गार्डेन, खुला विश्रामस्थल तथा प्रकृतिमैत्री काठका आकर्षक भिल्लाहरू सहभागीहरूको रोजाइमा परेका थिए। सहभागीहरूले टाइगर फरेस्ट होटललाई केवल होटल मात्र नभई परिवार, साथीभाइ, पिकनिक, विवाह तथा विभिन्न समूहगत कार्यक्रमका लागि उपयुक्त प्राकृतिक गन्तव्यका रूपमा वर्णन गरेका थिए। बुटवल नजिकै शान्त, व्यवस्थित र हरियाली वातावरणसहितको यस्तो आकर्षक स्थल हुनु पर्यटन प्रवर्द्धनका दृष्टिले सकारात्मक पक्ष भएको उनीहरूको भनाइ थियो।
सुरक्षित, व्यवस्थित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको यस स्कुटर यात्राले सहभागीहरूबीच आत्मीय सम्बन्ध अझ बलियो बनाउनुका साथै टाइगर फरेस्ट होटललाई आन्तरिक पर्यटन तथा छोटो दूरीको उत्कृष्ट विश्रामस्थलका रूपमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु