तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चर्चित ब्युटी ब्रान्ड फेसियल हाउसको झण्डा सगरमाथाको चुचुरोमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते, सोमबार १९:०२

काठमाडौं | नेपालकी ट्रान्स महिला निलम पौडेल ले मे २३, २०२६ मा विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्। यससँगै उनी नेपालको LGBTQ+ समुदायबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलो ट्रान्स महिला बनेकी बताइएको छ।

उनको यो सफलता केवल पर्वतारोहणको उपलब्धि मात्र नभई पहिचान, साहस, संघर्ष र प्रतिनिधित्वको शक्तिशाली उदाहरणका रूपमा समेत हेरिएको छ। लामो समयदेखि सामाजिक विभेद, अस्वीकृति तथा पहिचानको चुनौती सामना गर्दै आएको समुदायका लागि यो उपलब्धिले आशा, आत्मविश्वास र प्रेरणाको सन्देश दिएको छ।

निलम पौडेलले आफ्नो सफलतालाई व्यक्तिगत जित मात्र नभई आफूलाई कहिल्यै स्वीकार नगरिएको महसुस गर्ने सबै व्यक्तिहरूको साझा सफलता भएको उल्लेख गरेकी छन्।

यस ऐतिहासिक अभियानमार्फत उनले नेपालकै चर्चित ब्युटी ब्रान्ड फेसियल हाउस को झण्डा समेत सगरमाथाको चुचुरोमा पुर्‍याएकी छन्। उक्त अभियानमा सहयोगी भूमिकामा रहेको फेसियल हाउसको ब्रान्डलाई विश्वकै सर्वोच्च बिन्दुमा पुर्‍याउँदै उनले साहस, विविधता र ब्रान्ड प्रतिनिधित्वको सन्देशसमेत प्रवाह गरेकी हुन्।

नेपालका युवा, मानवअधिकारकर्मी तथा LGBTQ+ समुदायले यस उपलब्धिलाई समावेशिता, समानता र विविधताको पक्षमा एक महत्वपूर्ण कदमका रूपमा स्वागत गरेका छन्। निलमको सफलताले सगरमाथालाई केवल पर्वतारोहणको प्रतीक मात्र नभई आफ्नो पहिचानका साथ गर्वपूर्वक बाँच्ने अधिकारको प्रतीकका रूपमा पनि नयाँ अर्थ दिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु