तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एनओसी र पेलियटबिच प्रायोजन सम्झौता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ १३ गते, बुधबार ६:२७

काठमाडौँ, जेठ १२ गते । एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीले मङगलबार चिनियाँ स्पोर्टिङ किट ब्रान्ड पेलियटसँग प्रायोजन सम्झौता गरेको छ ।
सातदोबाटोस्थित एनओसी भवनमा पेलियटका उपाध्यक्ष चाओ ली र एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सो सम्झौताअनुसार पेलियटले २०औं एसियाली खेलकुद र दुई वर्षपछि हुने लस एन्जलस ओलम्पिक २०२८ मा भाग लिने नेपाली खेलाडीहरुलाई खेल सामाग्री उपलब्ध गराउनेछ । यसैगरी ओलम्पिक कमिटीले पनि आफ्नो प्रचारप्रसारको माध्यममा पेलियटलाई पनि स्थान दिनेछ । गत महिना चीनको सान्यामा सम्पन्न एसियन बिच गेम्समा पनि पेलियटले नेपाली खेलाडीलाई खेल समाग्री उपलब्ध गराएको थियो ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियन गेम्सदेखि एलए ओलम्पिकसम्म नेपाली खेलाडीले पेलियट ब्रान्डकै पोशाक लगाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘पेलियटको गुणस्तर पनि राम्रो भएकोले यस बान्डलाई पार्टनरको रुपमा स्वीकारेका हौँ । पेलियोटको पोशाकले नेपाली खेलाडीको आकर्षण पनि बढाउनेछ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु