दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुपर ड्राइभ नेपालद्वारा नेपालकै सबैभन्दा ठूलो ‘अटोमोटिभ लाइफस्टाइल र्‍याली’ को आधिकारिक घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ १३ गते, बुधबार ६:५१

काठमाडौँ, नेपाल – सुपर ड्राइभ नेपाल (SUPER DRIVE NEPAL) ले आगामी सन् २०२६ मे ३१ देखि जुन ६ (तदनुसार वि.सं. २०८३ जेठ १७ देखि २३ गते) सम्म नेपालकै सबैभन्दा ठूलो राष्ट्रव्यापी ‘अटोमोटिभ लाइफस्टाइल र्‍याली’ आयोजना गर्ने घोषणा गरेको छ। एक हप्तासम्म चल्ने यस भव्य कार्यक्रममा अन्तर्राष्ट्रिय सुपरकार, लक्जरी ब्रान्ड, प्रसिद्ध कन्टेन्ट क्रियटर्स, प्रिमियम हस्पिटालिटी पार्टनर्स र अटोमोटिभ प्रेमीहरूको विशेष सहभागिता रहनेछ।
मोटरस्पोर्ट केटीएम (Motorsport KTM) द्वारा आयोजित यस र्‍यालीले बुटवल, भैरहवा, पोखरा, चितवन र काठमाडौँ लगायत नेपालका प्रमुख सहरहरूको भ्रमण गर्नेछ। यस कार्यक्रमले अटोमोटिभ संस्कृति, पर्यटन, मनोरञ्जन, नाइटलाइफ र आधुनिक जीवनशैली (लाइफस्टाइल) लाई एउटै प्रिमियम प्लेटफर्ममा प्रस्तुत गर्ने उद्देश्य राखेको छ।
र्‍यालीका क्रममा पोर्श (Porsche), अउडी (Audi), बिएमडब्ल्यू एम सिरिज (BMW M Series), र मर्सिडिज-एएमजी (Mercedes-AMG) जस्ता विश्वप्रसिद्ध र प्रतिष्ठित उच्च कार्यक्षमतायुक्त (Performance) गाडीहरूको आकर्षक ताँती (Convoy) गुड्नेछ। यस यात्रामा सर्वसाधारणका लागि सवारी प्रदर्शन, क्रियटर्सहरूसँगको सहकार्य, विशेष मिडिया कभरेज तथा लक्जरी हस्पिटालिटीको अनुभव समेटिनेछन्।
कार्यक्रमका मुख्य आकर्षणहरू:
● नेपालभर अन्तर्राष्ट्रिय सुपरकारहरूको विशेष र्‍याली (Convoy)
● सर्वसाधारणका लागि सवारी साधनको प्रदर्शनी तथा भेटघाट कार्यक्रम
● प्रशंसक तथा दर्शकहरूसँग प्रत्यक्ष भेटघाट (Meet & Greet) सत्र
● विशेष पुल पार्टी (Pool Party) तथा बारबिक्यु नाइट (BBQ Night)
● ब्रान्ड प्रवर्द्धन तथा लाइफस्टाइल एक्टिभेसन्स
● व्यावसायिक फोटोग्राफी, भिडियोग्राफी तथा ड्रोन कभरेज
● प्रसिद्ध इन्फ्लुएन्सर्स र मिडिया हाउसहरूसँगको सहकार्य
यस र्‍यालीको समापन सन् २०२६ जुन ६ (तदनुसार २०८३ जेठ २३ गते) अपराह्न ४:०० बजेदेखि काठमाडौँको दरबारमार्गमा आयोजना हुने मुख्य कार्यक्रम ‘सुपर ड्राइभ नेपाल ग्रान्ड शोकेस’ मार्फत हुनेछ। उक्त समापन समारोहमा सर्वसाधारणले सबै सुपरकारहरूलाई नजिकबाट नियाल्न पाउनेछन् भने विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र ब्रान्ड एक्टिभेसन्सका साथ देशव्यापी यात्राको भव्य उत्सव मनाइनेछ।
सुपर ड्राइभ नेपालले नेपाललाई प्रिमियम अटोमोटिभ पर्यटन (Automotive Tourism) र अन्तर्राष्ट्रिय स्तरका लाइफस्टाइल इभेन्टहरूको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। साथै, यसले देशभरका अटोमोटिभ प्रेमी, ब्रान्ड र दर्शकहरूका लागि एउठा अविस्मरणीय र रोमान्चक अनुभव प्रदान गर्ने विश्वास दिलाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु