तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर बितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते, शुक्रबार ६:१५

नेपालगञ्ज १३ औं अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा आज नेपालगञ्जमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण दिनुका साथै ब्रासलैट बितरण गरिएको छ ।
एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरुलाई महिनावारी स्वच्छता तथा ब्यवस्थापन परियोजनाले उक्त दिवसमा एक कार्यक्रमको आयोजना गरि महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण प्रदान गर्नुका साथै ब्रासलेट बनाएर बितरण गरिएको हो ।
३० जना सहभागीहरु उपस्थित रहेको अभिमुखिकरणमा परियोजना ब्यवस्थापक रमिता शाह र शिक्षा पर्सन मिना घर्तिमगरले महिना चक्रबारे सहभागी महिला तथा किशोरीहरुलाई सहजीकरण गरेका थिए ।
महिनावारी चक्रबारे अभिमुकिरण पश्चात सहभागीहरुलाई ब्रासलेट बनाउने तालिम दिईयो भने तालिम पश्चात उनीहरुले बनाएका ब्रासलेट सहभागीहरुलाई बितरण गरिएको थियो ।
बास नेपालका निर्देशक हेमराज भट्टले सहभागीहरुलाई ब्रासलेट बितरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु