तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

संयोग र नविताको जोडी च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते, शनिबार १८:२४

नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठको जोडीले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा शनिबार स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोग र नविताको जोडीले बागमती प्रदेशका प्रजिल भट्टराई र आश्मा पहरीको जोडीलाई ११–२, ११–४ र १५–१३ को सोझो सेटमा पराजित गरे । एपीएफका राजिव चिकवन्जार र योङगी पौडेल तथा नेपाल आर्मीका जयस्नु महर्जन र सुरम्य शाक्यको जोडी तेश्रो भए ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा बागमतीका सुजन गडाल र प्रजिल भट्टराईको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा एपीएफका राजिव चिकवन्जार र दीप साउनको जोडीलाई ११–७, ३–११, ११–७, ६–११, ११–३ को सेटमा हराए । बागमतीका कुशल न्याछो र रिजन शाक्य तथा प्रहरीका संयोग कपाली र एलेक्स महर्जनको जोडी तेश्रो बने ।
महिला डबल्सको उपाधि एपीएफका अनिता महर्जन र दीक्षा दाहालको जोडीले जिते । लगातार दुई सेटमा पछि परेको स्थितिलाई उल्ट्याउदै अनिता र दीक्षाको जोडीले जित हात पारे । उनीहरुको जोडीले फाइनलमा आफ्नै क्लबका दिया देउला र योङगी पौडीको जोडीलाई ९–११, ९–११, १४–१२, ११–८ र १३–११ ले पाखा लगाए । प्रहरीका रविना महर्जन र स्वेच्छा नेम्वाङ तथा कोशी प्रदेश सिक्का सुवाल र वियंका राईको जोडी तेश्रो भए ।
सिनियर, क्याडेट र जुनियर गरी ११ स्पर्धा समावेश प्रतियोगितामा शनिबारसम्म ९ स्वर्णको टुंगो लागेको छ । यसअघि क्याडेट यु–१५ सिंगल्सको ब्वाइजमा एपीएफका निश्चल थापा र गल्र्समा नेपाल आर्मीकी सुरम्य शाक्य तथा जुनियर यु–१९ सिंगल्सको ब्वाइजमा नेपाल आर्मीका जयस्नु महर्जन र गल्र्समा प्रहरीकी प्राज्ना महर्जनले स्वर्ण जितेका थिए । पुरुष÷महिला टिम इभेन्टमा प्रहरी पहिलो भएको छ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु