तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गायिका निशा गुरुङको प्रस्तुतिमा नयाँ मौलिक लोक दोहोरी गीत “तीन ढिक्के फुली” सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ १७ गते, आईतवार १५:३५

काठमाडौ । गायिका निशा गुरुङको प्रस्तुतिमा नयाँ मौलिक लोक दोहोरी गीत ‘तीन ढिक्के फुली (ढाकाको टोपीले)’ सार्वजनिक भएको छ।

निशा गुरुङ र गायक शीतल गुरुङको सुमधुर स्वरमा सजिएको यो गीतले नेपाली संस्कृति र मौलिकतालाई सुन्दर ढंगमा प्रस्तुत गरेको छ।
यस गीतको शब्द सीताराम परियारले रचना गरेका हुन् भने संगीत स्वयम् शीतल गुरुङले भरेका छन्।

गीतलाई शिव कनौजे मगरले संगीत संयोजन गरेका हुन्। दीप गुरुङको निर्देशन तथा नृत्य निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरू विजय पुन, बबिन सिंह ठकुरी, प्रीति गुरुङ र दीपिका मगरको उत्कृष्ट अभिनय र नृत्य देख्न सकिन्छ।

म्युजिक भिडियोलाई विजय लामाले छायांकन गरेका हुन् भने पदम सुवेदीले सम्पादन तथा रङ्ग संयोजन गरेका छन्।

दीप फिल्म्स प्रोडक्सन ग्रुपको पोष्ट प्रोडक्सनमा तयार भएको यो भिडियो निशा गुरुङकै युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो। सांस्कृतिक र नृत्यप्रधान यस गीतले दर्शनको मत जित्ने गुरुङले विश्वास व्यक्त गरिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु