दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमृतमान महर्जनल् निर्देशित नेपालभाषाको चलचित्र ‘स्वयनगु’की भिन्तुना जोशीलाई उत्कृष्ट अभिनेतृ अवार्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते, बिहीबार ८:१९

आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न भएको छ । अन्तिम दिन कलाकार, निर्देशक तथा छायाँकारसहितका ११ विधामा फिल्म र कलाकारलाई पुरस्कृत गरियो ।

पब्लिक च्वाइस अवार्ड लिम्बु फिल्म ‘रीत’, उत्कृष्ट कथानक फिल्म विधाको अवार्ड गुरुङ भाषाको ‘ङोल्स्यो रामरानी’, पटकथा विधामा गुरुङ भाषाकै ‘ङोल्स्यो रामरानी’का लेखक विवेक गुरुङलाई प्रदान गरियो ।

उत्कृष्ट निर्देशन अवार्ड लिम्बु फिल्म ‘रीत’का निर्देशक दिनेश लिङ्देन, अभिनेता विधामा मगर भाषाको फिल्म ‘दिलसरा’का अभिनेता कल्याण रानामगर, अभिनेत्रीतर्फ अमृतमान महर्जनवाट निर्देशित नेपालभाषाको चलचित्र ‘स्वयनगु’की अभिनेतृ भिन्तुना जोशीलाई प्रदान गरियो ।

छायाङ्कन अवार्ड तामाङ चलचित्र ‘ह्याङ तामाङ’ छायाँकार सूर्य लामा, जुरी अवार्ड राजवंशी वृत्तचित्र ‘विराटनगरके प्राचीन राजवंशी’, इन्करेजमेन्ट अवार्ड तामाङ लघु चलचित्र ‘दुखला ग्यम’, उत्कृष्ट लघु चलचित्र मगर लघु चलचित्र ‘लाहुरेनी’ तथा उत्कृष्ट वृत्तचित्र अवार्ड २०८३ मगर वृत्तचित्र ‘आग्रे’लाई प्रदान गरिएको छ।

उत्कृष्ट कलाकार तथा चलचित्रकर्मी, चलचित्र, लघुचलचित्र र वृत्तचित्रलाई कार्यक्रमका प्रमुख अतिथि आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनले सम्मान प्रदान गरेका थिए ।

चलचित्र विकास बोर्डको सभाहलमा जेठ १७ मा सुरु भएको महोत्सव मङ्गलबार साँझ सम्पन्न भएको हो । महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तक्र्रिया, सांस्कृतिक झाँकी प्रदर्शन तथा विभिन्न जातजातिका खानाका स्टल राखिएका थिए ।
#bhintunajoshi #awardwinning #nepalbhasafilm

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु