दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रहस्य र कौतुहलमा फिल्म ‘स्त्री’को निर्माण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते, बिहीबार ८:२५

फिल्म ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति तय गरिएको छ । निर्माताले बुधबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको घोषणा गरेका हुन् ।

११ मंसिरदेखि फिल्मको प्रदर्शन थालिने पोस्टरमा उल्लेख छ । समीर राईको निर्माणमा तयार भएको यो फिल्मलाई जीवन शाहीले निर्देशन गरेका हुन् । टौवा क्रियसनले तयार पारेको यो फिल्मको पोस्टरमा अधिकांश कलाकारको भिन्न लुक्स देख्न सकिन्छ ।

फिल्ममा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका छ । सार्वजनिक पोष्टरमा कलाकारको आ-आफ्नै खालको मुड देख्न सकिन्छ ।

पोष्टरको पृष्ठभूमीमा रातो रङको प्रयोग गरिएको छ । यसले पनि फिल्मको कथावस्तु रहस्य र कौतुहलमा आधारित रहेको बुझ्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु