दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गीति कविता : तिम्रो मनमा डुबेकी छु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते, बिहीबार १७:४३

गोबिन्द राज ओझा (राजन )

तिम्रो मनमा डुबेकी छु,
सपना जस्तै फुलेकी छु ।
अब म साँच्चै भन्न सक्छु,
तिमी कति सुन्दर छौ ।
तिमी नजिक आउँदा प्रिय,
मेरो मन किन काँप्छ यो ?
तिम्रा मीठा कुरा सुन्दा,
भावनाले छोप्छ यो ।

तिमीले मलाई छुँदा,
छालामा आगो बल्छ जस्तो,
मुटुभित्र कम्पन उठ्छ,
मायाले बोल्छ जस्तो ।
तिमी मेरो गीत बनेका,
तिमी मेरो प्राण बनेका,
जिन्दगीको प्रत्येक मोडमा,
तिमी नै संसार बनेका ।

तिम्रा आँखाका ती इशारा,
मेरो मनले बुझ्छन् चुपचाप ।
तिम्रो मुस्कान देख्नासाथ,
फुल्छन् रहर हजारौं आप ।
तिम्रो साथमा बितेका पल,
स्वर्गभन्दा प्यारो लाग्छ ।
तिमी बिना यो मनलाई,
हरेक खुसी अधुरो लाग्छ ।

तिमीले मलाई छुँदा,
छालामा आगो बल्छ जस्तो,
मुटुभित्र कम्पन उठ्छ,
मायाले बोल्छ जस्तो ।
तिमी मेरो गीत बनेका,
तिमी मेरो प्राण बनेका,
जिन्दगीको प्रत्येक मोडमा,
तिमी नै संसार बनेका ।

जून बनेर रात उज्यालो,
घाम बनेर दिन सजाऊ ।
मेरो मनको खाली आँगन,
मायाका फूलले भरिदेऊ ।
तिम्रो नामको धुन सुन्दै,
यो मन सधैं रमाइरहोस् ।
हाम्रो प्रेमको यो कथा,
समयसँगै अमर बनोस् ।

तिम्रो मनमा डुबेकी छु,
तिमीभित्र हराएकी छु ।
अब म साँच्चै भन्न सक्छु,
तिमी नै मेरो संसार हौ ।
तिमी नै मेरो संसार हौ…

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु