दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते, शुक्रबार २१:०७

काठमाडौं जेठ २२ गते ।
साविक विजेता बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा २२ स्वर्ण, २१ रजत र १३ कांस्य जित्दै बागमती उपाधि रक्षा गर्न सफल भयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र नेपालय इन्टरनेसनल प्रा.लि. को सह–आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोश्रो भयो । सुदूरपश्चिमले १९ स्वर्ण, ९ रजत र १४ कांस्य हात पा¥यो । १२ स्वर्ण, १५ रजत र १८ कांस्य जितेको लुम्बिनी प्रदेश तेश्रो बन्यो । ५ स्वर्ण, २ रजत र १८ कांस्यसाथ गण्डकी प्रदेश चौथो, ४ स्वर्ण, ७ रजत र १७ कांस्यसाथ कोशी प्रदेश पाँचौ, ३ स्वर्ण, ६ रजत र ६ कांस्यसाथ मधेश प्रदेश छैटौं तथा २ स्वर्ण, ५ रजत र १२ कांस्यसाथ कर्णाली प्रदेश सातौं स्थानमा रहे ।
तीनदिने प्रतियोगितामा सात प्रदेशबाट ६ सय ८६ खेलाडीले एथलेक्टिस, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई राखेपका सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पदक विजेतालाई करिब १२ लाख नगद पुरस्कार वितरण गरिएको प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिका सचिव मीनकुमार शर्माले जनाएका छन् ।
प्रतियोगिताको १७ औं संस्कारण कोशी प्रदेशमा फागुन १९ देखि २२ गतेसम्म हुने भएको छ । बुधबार भएको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव विप्लव घोषलाई प्रतियोगिता आयोजनाका लागि झण्डा हस्तान्तरण गरेका थिए ।
भलिबल ः गण्डकी र बागमतीलाई उपाधि
केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत भलिबलको उपाधि गण्डकी र बागमतीले जितेका छन् । गण्डकी छात्र तथा बागमती छात्रामा च्याम्पियन बनेका हुन् । निर्णायक सेटमा विजेता बनेका दुवै टोलीले लुम्बिनीलाई पराजित गरेका थिए । विजेताद्वयले सुरुका २ सेटमा पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जितेका हुन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २०–२५, २४–२६, २५–२२, २५–१७ र १५–११ को सेटमा पराजित गरे । सुदूरपश्चिम तेश्रो भयो ।
छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २२–२५, २५–१२, २५–२१ र १५–८ ले हरायो । कर्णालीले तेश्रो स्थानमा चित्त बुझायो ।
कबड्डी ः लुम्बिनीलाई दोहोरो उपाधि
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको कबड्डीको छात्र÷छात्रा दुवैमा लुम्बिनीले उपाधि चुम्यो । दुवैमा लुम्बिनीको फाइनल प्रतिद्वन्द्वी बागमती रह्यो ।
छात्रको फाइनलमा लुम्बिनीले बागमतीलाई ३७–३२ ले पराजित ग¥यो । कर्णाली र गण्डकी संयुक्त रुपमा तेश्रो भए ।
छात्राको उपाधि भिडन्तमा लुम्बिनीले बागमतीलाई ३५–२९ ले हरायो । सुदूरपश्चिम र मधेश तेश्रो स्थानमा रहे ।
उसु ः सुदूरपश्चिमको वर्चस्व
विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा भएको उसुमा सुदूरपश्चिमको वर्चस्व रह्यो । सुदूरपश्चिमले ६ स्वर्ण जित्यो । बागमतीले ३ तथा गण्डकी, लुम्बिनी र कर्णालीले १–१ स्वर्ण हात पारे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु