दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दाउराको आगोमा पोलेको स्वादिष्ट सेकुवा : तारकेश्वरमा ‘लास्सो फ्याफुल्ला सेकुवा घर’ सञ्चालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २३ गते, शनिबार ७:१७

काठमाडौं । सेकुवा पारखीहरूका लागि काठमाडौंको तारकेश्वर नगरपालिका–४ स्थित तारकेश्वर सिटी हस्पिटल अगाडि, बस ग्यारेज छेउमा आकर्षक “लास्सो फ्याफुल्ला सेकुवा घर” सञ्चालनमा आएको छ ।

विभिन्न स्वादका खानाका पारखीहरूको मागलाई मध्यनजर गर्दै युवा व्यवसायी रोशन लामाले शुक्रबारदेखि “लास्सो फ्याफुल्ला सेकुवा घर” औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन् ।

स्थानीयवासी तथा खानाका पारखीहरूको स्वाद र रोजाइलाई ध्यानमा राखेर सञ्चालन गरिएको उक्त सेकुवा घरमा चिकेन, मटन, पोर्क तथा बफका स्वादिष्ट सेकुवा उपलब्ध गराइएको सञ्चालक लामाले जानकारी दिए ।उनका अनुसार बजार मूल्यभन्दा सुपथ दरमा ग्राहकलाई गुणस्तरीय सेकुवा उपलब्ध गराइँदै आएको छ ।


“हामी ग्राहककै अगाडि दाउराको आगोमा सेकुवा पोल्ने गर्छौं । यसले सेकुवाको स्वाद अझ विशेष बनाउनुका साथै ग्राहकलाई थप सन्तुष्टि मिल्ने विश्वास लिएका छौं,” उनले भने ।सेकुवाका अतिरिक्त यहाँ मःम, चाउमिन, माछाको छोइला, खाजा सेट लगायत विभिन्न परिकारका स्वादिष्ट मेनुहरू समेत उपलब्ध छन् ।

ग्राहकहरूको स्वाद र चाहनालाई प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा सुविधा प्रदान गरिने सञ्चालक लामाको भनाइ छ ।
नयाँ स्वादको खोजीमा रहेका खानाका पारखीहरूका लागि “लास्सो फ्याफुल्ला सेकुवा घर” आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु