तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

फिफाले भन्यो : ‘एकपटक प्रयोग गर्न मिल्ने पानीको बोतल लान मिल्छ’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २३ गते, शनिबार ७:५८

विश्व फुटबल महासंघ (FIFA) ले सन् २०२६ को विश्वकप खेल हेर्न आउने दर्शकका लागि पानीको बोतलसम्बन्धी नियममा फेरबदल गरेको छ।

यसअघि पुनः प्रयोग गर्न मिल्ने (Reusable) पानीका बोतल स्टेडियमभित्र लैजान नपाइने निर्णय गरेको फिफाले अब निश्चित मापदण्डभित्रका एकपटक प्रयोग गर्न मिल्ने (Single-use) नरम प्लास्टिकका पानीका बोतल लैजान अनुमति दिएको जनाएको छ।

फिफाका अनुसार दर्शकले सुरक्षा मापदण्ड पूरा गर्ने साना प्लास्टिकका पानीका बोतल स्टेडियममा लैजान सक्नेछन्। यस निर्णयपछि अत्यधिक गर्मीका कारण दर्शकको स्वास्थ्यमा असर पर्ने चिन्ताबीच केही राहत मिल्ने अपेक्षा गरिएको छ।

यसअघि फिफाले पुनः प्रयोग गर्न मिल्ने बोतल प्रतिबन्ध लगाउँदा समर्थकहरूबाट व्यापक आलोचना भएको थियो। आलोचकहरूले गर्मीको समयमा पानीको सहज पहुँच आवश्यक रहेको भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका थिए।

फिफाले भने खेलाडी, रेफ्री र दर्शकको सुरक्षालाई ध्यानमा राखेर बोतलसम्बन्धी नियम बनाइएको जनाएको छ। साथै स्टेडियम वरपर पानी वितरण केन्द्र, हाइड्रेसन स्टेशन तथा अन्य गर्मी न्यूनीकरणका व्यवस्था गरिने पनि बताएको छ।

– स्मृत न्यूज डेस्क

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु