दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल परम्परागत बौद्ध धर्म संघद्वारा साप्ताहिक प्रार्थना, ध्यान तथा प्रवचन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २४ गते, आईतवार ७:२३

काठमाडौं, जेठ २३ – ने.सं. ११४६ अनलागा, जेष्ठ कृष्णपक्ष षष्ठी तिथिका अवसरमा नेपाल परम्परागत बौद्ध धर्म संघ, कान्तिपुरद्वारा गुणाकर महाबिहार (छुस्याबाहाः), ज्याठामा नियमित शनिवारीय साप्ताहिक बौद्ध प्रार्थना, ध्यान तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा संघका सह-सचिव धर्मराज बज्राचार्यले बौद्ध प्रार्थना सञ्चालन गर्नुका साथै प्रसिद्ध षडक्षरी मन्त्र “ओँ मणि पद्मे हुँ” को ध्यान अभ्यास गराएका थिए।

कार्यक्रममा सहभागी श्रद्धालुहरूले सामूहिक रूपमा प्रार्थना र ध्यानमा सहभागिता जनाएका थिए।

त्यसैगरी, संघका श्रद्धेय उपाध्यक्ष दयानन्द शाक्यले बौद्ध धर्मका सिद्धान्त, करुणा, मैत्रीभाव तथा दैनिक जीवनमा धर्मको महत्वबारे प्रवचन दिएका थिए। प्रवचनले सहभागीहरूलाई आध्यात्मिक चेतना अभिवृद्धि गर्न प्रेरित गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा संघका श्रद्धेय अध्यक्ष मञ्जुश्री रत्न बज्राचार्यले विशेष सूचना दिँदै आगामी जेठ २५ गते नेपाल परम्परागत बौद्ध धर्म संघको स्थापना भएको २५ वर्ष (रजत वर्ष) पूरा हुन लागेको अवसरमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिने जानकारी गराए। उक्त कार्यक्रममा श्रद्धेय गुरुवर चक्रेश्वर प्रा.डा. नरेश मान बज्राचार्य को मूलाचार्यत्वमा २१ जना गुरुहरूको सहभागितासहित विशेष तारा पूजा तथा मन्त्राभिषेक आयोजना हुने बताइएको छ।

अध्यक्ष बज्राचार्यले उक्त ऐतिहासिक तथा आध्यात्मिक कार्यक्रममा भक्तजन, धर्मावलम्बी तथा शुभेच्छुक सबैलाई सहभागी भई पुण्यलाभ गर्न आग्रह गरेका छन्।

कार्यक्रमको अन्त्यमा धारणी पाठ गरिएको थियो भने जलपान व्यवस्थापनको जिम्मेवारी संस्थाका निवर्तमान द्वितीय उपाध्यक्ष कपिलमुनी स्थापित परिवार, बसुन्धराले गरेका थिए।

नेपाल परम्परागत बौद्ध धर्म संघले नियमित रूपमा सञ्चालन गर्दै आएको यस्ता आध्यात्मिक कार्यक्रमहरूले बौद्ध संस्कृति, परम्परा र धर्मप्रतिको जनचासो तथा सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु