तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते, सोमबार ७:०१

काठमाडौं । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबू ले विश्वभर रहेका नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित १० देशका लागि विदेश शाखा प्रमुख नियुक्त गरेको छ।

दबूका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सुरेन्द्र भक्त श्रेष्ठका अनुसार संस्थाको २९ वटा जिल्ला शाखा सक्रिय रहेका छन्। विदेशमा रहेका पत्रकार तथा सञ्चारकर्मीलाई संस्थासँग जोड्ने लक्ष्यका साथ विदेश शाखा विस्तार अभियान सुरु गरिएको हो।

हाल जापानका लागि चन्द्रमान महर्जन, अमेरिकाका लागि अनिल रञ्जित, नेदरल्याण्ड्सका लागि आशिष राजभण्डारी, अष्ट्रेलियाका लागि डा. राजु मानन्धर, यूएईका लागि सचिन्द्र श्रेष्ठ, पोल्याण्डका लागि अभिनाश डंगोल, क्यानाडाका लागि शिव कारञ्जित, पोर्चुगलका लागि राजेशमान जोशी, नर्वेका लागि नयन मल्ल तथा जर्मनीका लागि कुमार नापित संयोजक नियुक्त भएका छन्।

नेपाल संवत् ११३२ मा स्थापना भएको नेवाः पत्रकार राष्ट्रिय दबूले आगामी भदौ १९ र २० गते गोरखाको भिमसेन थापा गाउँपालिकास्थित नमुना बस्तीमा पाँचौँ राष्ट्रिय महाधिवेशन तथा १५औँ साधारणसभा आयोजना गर्ने तयारी गरेको छ।

महाधिवेशनअन्तर्गत संगठन विस्तार र जिल्ला अधिवेशनको प्रक्रिया पनि अघि बढाइएको छ। हालसम्म गोरखा जिल्ला शाखा ले अधिवेशन सम्पन्न गरिसकेको छ भने काभ्रे जिल्ला शाखा को अधिवेशन जेठ ३१ गते आइतबार हुने तय भएको छ।

त्यसैगरी ललितपुर, भक्तपुर र धादिङ जिल्ला शाखाले असारको पहिलो साता अधिवेशन गर्ने कार्यक्रम रहेको छ। चितवन, मकवानपुर, सुनसरी, अर्घाखाँची, दोलखा, सुर्खेत र कास्की लगायतका जिल्ला शाखाले पनि अधिवेशनको तयारी सुरु गरिसकेको संस्थाले जनाएको छ।

– स्मृत न्यूज डेस्क

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु