दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हरिमाया गुरुङको मौलिक कौडा गीत “गोर्खाको ताकुकोट” सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते, सोमबार १९:३२

काठमाडौं । वरिष्ठ लोकदोहोरी तथा ठाडो भाका गायिका हरिमाया गुरुङ को नयाँ मौलिक कौडा गीत “गोर्खाको ताकुकोट” सार्वजनिक भएको छ। गीत गायिका गुरुङकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीत पुरानो लोकभाका र मौलिक संस्कृतिलाई आधुनिक प्रस्तुतीकरणमार्फत पुनः दर्शकमाझ ल्याउने प्रयासस्वरूप तयार गरिएको बताइएको छ। “गोर्खाको ताकुकोट” हरिमाया गुरुङ र इन्द्र गुरुङ को पुरानो आवाज तथा सङ्कलनमा रहेको प्रचलित भाका हो। उक्त गीत २०५८/५९ सालतिर इन्द्र गुरुङ, हरिमाया गुरुङ तथा बीमा कुमारी दुराले गाएका थिए।

नयाँ संस्करणमा हरिमाया गुरुङसँगै पृथ्वी गुरुङ को स्वर सुन्न सकिन्छ। गीतका शब्द चन्द्र परियार ले लेखेका हुन् भने संगीत संयोजन सागर बिरही ले गरेका छन्। मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुमन राना र खुमन सिंह रानाले रेकर्डिस्टको भूमिका निभाएका छन् भने मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन्।
गीतको म्युजिक भिडियो गोरखा दरबार संग्रहालय मा छायांकन गरिएको हो।

भिडियोको निर्देशन दीपकोके गुरुङ ले गरेका छन् भने कोरियोग्राफी कृतिका गुरुङ ले गरेकी हुन्। भिडियोमा राजु गुरुङ र सुमित्रा गुरुङ को अभिनय देख्न सकिन्छ। त्यसैगरी भिडियोको छायांकन विजय लामाले गरेका हुन् भने सम्पादन पदम सुवेदीले गरेका छन्।गायिका हरिमाया गुरुङका अनुसार गीतमा गोरखा र लमजुङ जिल्लाका ऐतिहासिक कोट तथा मौलिक संस्कृति समेट्ने प्रयास गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु