
रसुवा । चीनसँग जोडिएको अन्तर्राष्ट्रिय रसुवागढी नाका टिमुरेमा सुविधा सम्पन्न ‘पास्वोट लाङटाङ होटल’ सञ्चालनमा आएको छ । हिमाली क्षेत्र हुँदै यात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटक, व्यवसायी तथा मानसरोवर धार्मिक यात्रुलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याइएको हो ।

होटलका सञ्चालक कामी नुर्बु तामाङका अनुसार होटलमा आरामदायी आवास, स्वादिष्ट परिकार, स्वच्छ वातावरण तथा आधुनिक सुविधासहितको गुणस्तरीय सेवा उपलब्ध गराइएको छ । रसुवागढी नाका हुँदै आवतजावत गर्ने यात्रु तथा व्यापारीलाई सहज, सुरक्षित र आत्मीय सेवा प्रदान गर्ने उद्देश्यले होटल स्थापना गरिएको उनले बताए ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण टिमुरे क्षेत्रमा सञ्चालनमा आएको यस होटलले रसुवा जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । होटल व्यवस्थापनले अतिथिलाई नेपाली संस्कारअनुसार आत्मीय आतिथ्यता र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

होटलमा हिमाली अर्गानिक परिकारलाई विशेष प्राथमिकता दिइएको छ । पाहुनाले हिमाली अर्गानिक तरकारी, मार्सी चामल, फापर, कोदो, जौ को ढिँडो, लोकल कुखुरा, च्याङ्ग्रा तथा कालिजको स्वाद लिन सक्नेछन् । पारिवारिक जमघट, धार्मिक यात्रा तथा हिमाली घुमफिरका लागि आउने पाहुनालाई नेपाली मौलिक स्वादसँगै पारिवारिक वातावरणको अनुभूति दिलाउने लक्ष्य होटलले लिएको छ ।
नेपाल–चीन धार्मिक सम्बन्ध र आस्थाको केन्द्रका रूपमा परिचित रसुवागढी क्षेत्रमा सञ्चालनमा आएको ‘पास्वोट लाङटाङ होटल’ले धार्मिक, आध्यात्मिक तथा आन्तरिक पर्यटनसँगै स्थानीय रोजगार र आतिथ्य उद्योगको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

होटल व्यवस्थापनले “नेपाली स्वाद, नेपाली संस्कार र नेपाली आतिथ्यता”लाई विश्वस्तरमा स्थापित गर्ने लक्ष्यसहित सेवा विस्तार गरिएको जनाएको छ ।


