दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २७ गते, बुधबार ८:३०

काठमाडौं । निर्देशक हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले मंगलबार दुई फरक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिना लगायतलाई प्रस्तुत गरिएको छ।

फिल्मले लोभ, लालच, जालझेल र ठगीका कारण उत्पन्न हुने मानवीय तथा नैतिक संकटको कथा उठाएको निर्देशक उप्रेतीले बताएका छन्। काठमाडौंको ऐतिहासिक बस्ती बुङमती र बागमती नदी आसपासको परिवेशमा आधारित कथाले नेवारी कला–संस्कृति, परम्परा र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई पनि चित्रण गर्नेछ।

विश्वराम बिष्ट प्रस्तुतकर्ता रहेको फिल्म सुप्रिम म्यूजिक एण्ड फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको हो। फिल्ममा दीपक बज्राचार्यको छायांकन, प्रविन ढकालको सम्पादन तथा वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ। फिल्मको वितरण नेशनल सिने ग्रुप नेपालले गर्नेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु