तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

क्षत्री समाज नेपाल, यूएई शाखाको प्रथम अधिवेशनका लागि अन्तिम उम्मेदवार नामावली सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते, आईतवार २१:३१

यूएई । क्षत्री समाज नेपाल, यूएई शाखाले आफ्नो प्रथम अधिवेशन अन्तर्गत विभिन्न पदका लागि अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरेको छ। निर्वाचन समितिले शनिबार, १३ जुन २०२६ मा सार्वजनिक गरेको नामावली अनुसार अधिकांश पदमा निर्विरोध उम्मेदवारी परेको जनाएको छ।
सार्वजनिक सूची अनुसार अध्यक्ष पदमा श्री कृष्णबहादुर ढकाल क्षेत्री, उपाध्यक्ष पदमा श्री सुदीप कार्की र श्री दीपक राउत, महिला उपाध्यक्षमा श्री हिरा केसी, सचिवमा श्री मिम केसी, सह–सचिवमा श्री टेस्रो खड्का, कोषाध्यक्षमा श्री होमबहादुर महत (बाबु) तथा सह–कोषाध्यक्षमा श्री कमल केसी उम्मेदवार रहेका छन्।
त्यस्तै १२ सदस्य पदका लागि विभिन्न प्रदेश तथा जिल्लाका प्रतिनिधित्व रहने गरी उम्मेदवारहरूको नामावली प्रकाशित गरिएको छ। निर्वाचन समितिका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परेकाले ती पदहरू निर्विरोध हुने सम्भावना रहेको छ।
निर्वाचन समितिका सदस्य नानुकाजी अर्याल , केदार कुँवर तथा संयोजक दीपक खड्काले संयुक्त रूपमा जारी गरेको सूचनामार्फत सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइएको हो।
क्षत्री समाज नेपाल, यूएई शाखा सन् २०२५ मा स्थापना भएको संस्था हो, जसले यूएईमा रहेका क्षत्री समुदायबीच एकता, सहकार्य र सामाजिक सद्भाव प्रवर्द्धन गर्दै आएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु