दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लम्पाटी टोल विकास समितिका गृहिणीलाई एक्सप्लोर इन्स्टिच्युटद्वारा निःशुल्क कुक तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते, आईतवार २२:१०

काठमाडौं महानगरपालिका–१४ अन्तर्गत लम्पाटी टोल विकास समितिका गृहिणीहरूका लागि एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले सञ्चालन गरेको तीनदिने निःशुल्क कुक तालिम सम्पन्न भएको छ।

गृहिणीहरूको सीप विकास, स्वरोजगार प्रवर्द्धन तथा व्यावसायिक पाककलाप्रति आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको तालिममा टोलका दर्जनौं महिलाहरूको सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रममा काठमाडौं महानगरपालिका–१४ का वडा अध्यक्ष सुमन श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउँदै समुदायस्तरमा रोजगारी र उद्यमशीलता विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कालिमाटीमा अवस्थित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्ट, जो सिटिईभिटीको सम्बन्धन तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी, मलेसियाको सहकार्यमा सञ्चालित शैक्षिक संस्था हो, संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त तालिम आयोजना गरेको जनाएको छ।

संस्थाका प्रमुख राजेन्द्र प्रसाद त्रिपाठी ले पाककला क्षेत्र नेपाल तथा विदेशमा रोजगारीको उच्च सम्भावना भएको क्षेत्र रहेको उल्लेख गर्दै तालिममार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको बताउनुभयो। उहाँले भविष्यमा पनि यस्ता समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तालिमका प्रशिक्षक तथा संस्थाका कुलिनरी हेड विजय घिमिरे ले सहभागीहरूलाई विभिन्न परिकार निर्माण, खाद्य स्वच्छता, पोषण तथा आधुनिक पाककलासम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको जानकारी दिनुभयो। तालिमले सहभागीहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै पाककलालाई व्यवसायका रूपमा अघि बढाउने प्रेरणा मिलेको उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागी गृहिणीहरूले तालिमबाट नयाँ ज्ञान र सीप हासिल भएको बताउँदै यस्ता अवसरले घरायसी कामसँगै आयआर्जनका सम्भावना समेत सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु