दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्षत्री समाज नेपाल युएई शाखाको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार १ गते, सोमबार ९:१५

युएई – क्षत्री समाज नेपाल युएई शाखाको प्रथम ऐतिहासिक अधिवेशन युएईमा भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। सामाजिक एकता, संगठन सुदृढीकरण तथा प्रवासमा रहेका क्षत्री समुदायबीच सहकार्य विस्तार गर्ने उद्देश्यसहित आयोजित उक्त अधिवेशनले प्रवासी नेपाली समुदायमा नयाँ ऊर्जा र उत्साह थपेको आयोजकहरूले जनाएका छन्।


अधिवेशन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजकहरूले सम्पूर्ण सहयोगी, सहभागी तथा अतिथिहरूप्रति हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख सल्लाहकार तथा निर्वाचन समिति संयोजक दीपक खड्का, विधान मस्यौदा समिति संयोजक तथा निर्वाचन समिति सदस्य केदार कुँवर, सल्लाहकार तथा निर्वाचन समिति सदस्य नानुकाजी अर्याल, तथा विधान समिति सदस्य एकेन्द्र थापा लगायत सम्पूर्ण तदर्थ कार्यसमितिका सदस्यहरूको योगदानलाई विशेष रूपमा स्मरण गरिएको छ।
त्यसैगरी, नेपालबाट जुममार्फत सहभागी भई अधिवेशनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रमुख अतिथि केन्द्रीय अध्यक्ष रिबबहादुर थापा, अन्तर्राष्ट्रिय प्रवास इन्चार्ज हंसराज ढकाल तथा अन्य केन्द्रीय प्रतिनिधिहरूप्रति पनि विशेष आभार व्यक्त गरिएको छ।
युएईमा क्रियाशील विभिन्न सामाजिक तथा वैचारिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनाएको आयोजकहरूको भनाइ छ।

नयाँ कार्यसमिति चयन
अधिवेशनबाट क्षत्री समाज युएई शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
अध्यक्ष: कृष्णबहादुर ढकाल
उपाध्यक्षहरू: देबिलाल रावत, सुदिप कार्की, दीपक राउत
महिला उपाध्यक्ष: हिरा के.सी.
सचिव: भिम के.सी.
कोषाध्यक्ष: होमबहादुर महत (बाबु)
सह–सचिव: रमेश खड्का
सह–कोषाध्यक्ष: कमल के.सी.
सदस्यहरू: ओमकार थापा, कृष्णबहादुर के.सी., चन्द्रबहादुर भण्डारी, सिक्रम थापा, हरि बहादुर के.सी., देवी बस्नेत, धनबहादुर क्षेत्री, बिमला पौडेल क्षेत्री, बिन्दु सेढाई, कमला थापा, सृजना थापा, रितु पाण्डे लगायत अन्य सदस्यहरू चयन भएको निर्वाचन समितिका सदस्य नानुकाजी अर्याल ले जानकारी दिनुभएको हो।
अधिवेशनले प्रवासमा रहेका क्षत्री समुदायबीच संगठनात्मक एकता, सहकार्य र सामाजिक समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु