
युएई – क्षत्री समाज नेपाल युएई शाखाका नवनिर्वाचित अध्यक्ष कृष्णबहादुर ढकाल ले युएई शाखालाई प्रवासमा क्रियाशील अन्य शाखाहरूभन्दा अझ सशक्त, व्यवस्थित र उदाहरणीय बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
अध्यक्ष ढकालले आफ्नो नेतृत्वमा समाजलाई एकता, पारदर्शिता र सक्रियताको आधारमा अघि बढाइने बताउँदै सम्पूर्ण कार्यसमितिलाई समेटेर सामूहिक नेतृत्व शैली अपनाइने स्पष्ट पारे।
उनले भने, “प्रवासमा रहेका सम्पूर्ण क्षत्री समुदायलाई एउटै मञ्चमा जोड्दै सामाजिक एकता, सहकार्य र सांस्कृतिक संरक्षणलाई अझ सुदृढ बनाउँदै युएई शाखालाई उत्कृष्ट बनाउने हाम्रो लक्ष्य हुनेछ।”
नवनिर्वाचित कार्यसमितिले छिट्टै आगामी कार्ययोजना सार्वजनिक गर्ने र सदस्यहरूको सहभागितामा विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमलाई विस्तार गर्ने तयारी पनि गरेको छ।
यस प्रतिबद्धतासँगै क्षत्री समाज युएई शाखा प्रवासमा एक नमूना संगठनका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।


