तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नयाँ लोकदोहोरी गीत “माया एउटा वरदान हो” सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार १ गते, सोमबार १३:४९

काठमाडौं ।गोरखाका गायक सन्तोष परियारको नयाँ लोकदोहोरी गीत “माया एउटा वरदान हो” सार्वजनिक भएको छ। शान्ति श्री परियारसँगको स्वरमा सजिएको उक्त गीत हाल दर्शक–श्रोतामाझ चर्चामा रहेको छ।

गीतमा बुद्धि परियारको शब्द तथा लय रहेको छ भने पवन परियारले संगीत संयोजन गरेका छन्। मालासुर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको प्राविधिक पक्षमा सागर बाजुराली र डम्बर विश्वकर्माले रेकर्डिस्टको भूमिका निभाएका छन्। मिक्सिङ तथा मास्टरिङ खड्क बाजुरालीले गरेका हुन्।

गीतको म्युजिक भिडियो सन्तोष परियार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा गायक सन्तोष परियार स्वयं र मोडल जुना गुरुङको अभिनय देख्न सकिन्छ। गोर्खाकी चर्चित लोकदोहोरी मोडलका रूपमा परिचित जुना गुरुङको प्रस्तुति भिडियोमा विशेष आकर्षण बनेको छ।

पवन परियारको कथा तथा निर्देशनमा तयार भएको भिडियोमा अन्य कलाकारहरूको समेत अभिनय रहेको छ। बाल कलाकार कृतिका बराइलीले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन अनिल बिष्ट (प्युठानी) ले गरेका छन्।

गायक सन्तोष परियार गोरखा जिल्ला सिरान्चोक गाउँपालिका–३, हर्मीभञ्ज्याङमा जन्मिएका हुन्। सानै उमेरदेखि संगीतप्रति रुचि राख्दै आएका उनले आफ्नो पहिलो औपचारिक गीतमार्फत सांगीतिक यात्रा सुरु गरेका हुन्। उनले चर्चित गायिका शान्ति श्री परियारसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै दर्शक–श्रोताबाट सुझाव र प्रतिक्रियाको अपेक्षा गरेका छन्।

गीतले प्रेमलाई जात, धर्म र वर्गभन्दा माथि रहेको सन्देश दिने प्रयास गरेको छ। “माया एउटा फूल हो, वरदान हो” भन्ने भाव बोकेको गीतले समाजमा अझै विद्यमान जातीय विभेद र छुवाछुतप्रति प्रश्न उठाउँदै सबै मानिस समान हुन् भन्ने सन्देश प्रस्तुत गरेको छ।

म्युजिक भिडियोमा उच्च र निम्न जातबीचको प्रेमकथामार्फत सामाजिक अन्धविश्वास र परम्परागत सोचलाई चुनौती दिइएको छ। भिडियोले जातीय विभेद हटाउनुपर्ने र समाजमा समानताको भावना बलियो बनाउनुपर्ने सन्देश प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। दर्शकहरूले भिडियोलाई सन्देशमूलक र समसामयिक भन्दै प्रशंसा गरिरहेका छन्।

सामाजिक सन्देशसहितको यो गीत हाल दर्शक–श्रोतामाझ चर्चा बटुल्दै गएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु