दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समृद्ध आमाछोदिङमो’को आधार तयार गर्दै ३७ करोडको बजेट, कृषि–पर्यटनदेखि पूर्वाधार विकाससम्म प्राथमिकता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार ६ गते, शनिबार ६:१८

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ करोड ९ लाख ३४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। २०औँ गाउँसभा अधिवेशनमार्फत प्रस्तुत बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बजेट समृद्ध गाउँपालिका निर्माण, सेवा प्रवाहमा सुधार तथा स्थानीय उत्पादन प्रवर्द्धनमा केन्द्रित गरिएको बताउनुभयो। उहाँले यो बजेटले नागरिकको जीवनस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने र विकासका आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो।


अध्यक्ष तामाङले भन्नुभयो, “हामीले ल्याएको बजेट केवल रकम बाँडफाँडको दस्तावेज होइन, आमाछोदिङमोको समग्र विकासको मार्गचित्र हो। कृषि उत्पादन वृद्धि गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्ने, पर्यटन क्षेत्रको सम्भावनालाई आर्थिक समृद्धिको आधार बनाउने तथा दिगो पूर्वाधार निर्माणमार्फत नागरिकको जीवन सहज बनाउने लक्ष्य लिएका छौँ। जनसहभागिता, पारदर्शिता र जवाफदेहितालाई आत्मसात् गर्दै यो बजेट प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।” उहाँले सीमित स्रोत–साधनको उच्चतम उपयोग गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो।

उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक चन्द्रिका तामाङले उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण तथा सामाजिक–भौतिक पूर्वाधार विकासलाई आगामी वर्षका प्रमुख उद्देश्यका रूपमा अघि सार्नुभयो। गाउँपालिकाले यो बजेटले नागरिकको जीवनस्तर सुधार, स्थानीय उत्पादन प्रवर्द्धन र दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु