दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गीति कविता : बाल अधिकार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार ७ गते, आईतवार १०:१६

– धनदेवी पाण्डे

​मन्द सानो मुस्कानमा ठुलो संसार अटाउँछन्,

निश्चल स्वभावले सबैलाई प्रेम जताउँछन्।

सही गलत नबुझ्ने उमेरमै हजारौँ सपना बुन्छन्,

अधिकार मौन छन्, कागजमा, सपना भताभुङ्ग हुन्छन्।

​बालबालिकाको अधिकार हो राम्रो शिक्षा पाउनु,

आफ्नो उज्ज्वल भविष्यको बाटो आफैँ बनाउनु,

तर यहाँ कयौँ छन्, लाचार किताबभन्दा पर,

श्रमको भारी बोकिरहेका समाचार भेटिन्छन्, घर–घर।

​खेल्ने उमेरमै कोही खेलौना बन्छन् पापी प्यास मेट्ने,

कलिलो इज्जत लुट्नेले कहिले होला सजाय भेट्ने?

बालविवाहले सिङ्गो कथा बोकेको छ,

गर्भवती बालिकाले प्राण गुमाउन कसले रोकेको छ?

​छुट्याइन्छन् अर्थ अनि अर्ती स्वास्थ्य सेवाको नाउँमा,

रोग पुगे फटाफट, अस्पताल पुगेनन्, गाउँ–गाउँमा,

अपहरण, बलात्कार अनि बाँसघारीमा लास,

यति कठिन त भएन होला श्रीरामको बनवास ।

​हिलोमै फुल्छ कमल पनि यहाँ आशा मरेको छैन,

यही गाँस, बासका हुन्, गलत सारा संविधान होइन।

सिकाइ सही भए सिक्ने पक्कै असल हुन्छ,

कार्यान्वयन नभए बाल अधिकार, एकदिन नेपाल पक्कै रुन्छ।

​चेतनाको दियो बाली खराबीलाई पोल्न सक्नुपर्छ,

देखे कतै बालश्रम–शोषणमा, सबै बोल्न सक्नुपर्छ,

बाल अधिकारको संरक्षणले बाल मस्तिष्क रमाउनेछन्,

उड्नेछन् सपना आकाशमा, इतिहासमा नाम कमाउनेछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु