
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछाने सर्वसम्मत चयन भएका छन्।
पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह को प्रस्तावमा मंगलबार लामिछानेको एकल उम्मेदवारी दर्ता भएको हो। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सभापति पदमा लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत बनेका हुन्।
आयोगले आवश्यक निर्वाचन प्रक्रिया पूरा गरेपछि लामिछानेलाई रास्वपाको सभापतिमा सर्वसम्मत निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ।


