तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार १० गते, बुधबार ७:२९

नेपालगन्ज, असार ९ गते

बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा यु–१८ फुटबल प्रतियोगितामा होलिल्याण्डको छात्र र नेपालगन्ज मोडेल एकेडेमीको छात्रा टिम च्याम्पियन भएका छन् ।
छात्रतर्फ होलिल्याण्डले नेपालगन्ज मोडेल एकेडेमीलाई सडेनडेथमा (५–४ गोल) पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेका थिए ।
२४ औं मिनेटमा अनमोल विकको गोलबाट होलिल्याण्डले अग्रता लिएको थियो । ४७ औं मिनेटमा सुनिल थारुले गोल गरेर नेपालगन्ज मोडेललाई खेलमा फर्काउनु भयो । त्यसपछि दुवै टीमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । जसमा होलिल्याण्डले सफलता प्राप्त गरेको थियो ।
होलिल्याण्डबाट अभिषेक थापा, आशिष कुमाई, मनिष सुनार, डानेल रोकामगर, अनमोल विकले गोल गर्नु भयो । हिमाल पुरीको प्रहार नेपालगन्ज मोडेलका गोलकिपर आयुष चन्दले रोक्न सफल हुनु भयो ।
नेपालगन्ज मोडेलबाट महेश शाही, आयुष चन्द, राज नेपाली र सुनिल थारुले गोल गर्नु भयो भने पुष्कर मल्ल र निराजन शाहीले गोल गर्न सक्नु भएन् ।

फाइनल खेलको प्लेयर अफ द म्याच होलिल्याण्डका गोलकिपर प्रविण सुनार हुनु भयो । उहाँलाई एन्फा बाँकेका वरिष्ठ उपाध्यक्ष अनिल केसी र पूर्वखेलाडी निजामुद्दिन सिद्विकीले पुरस्कृत गर्नु भयो ।
छात्रातर्फ नेपालगन्ज मोडेल एकेडेमीले मनकामना ईमि स्कुललाई ३–०ले गोलले पराजित गरेको छ । नेपालगन्ज मोडेलकी ज्योति कँडेलले सातांै र ३६ मिनेट तथा विनिता चौधरीले २१ औं मिनेटमा गोल गर्नु भयो । फाइनल खेलको प्लेयर अफ द म्याच नेपालगन्ज मोडेलकी ज्योति कँडेल हुनु भयो । उनलाई बाँके जिल्ला महिला फुटबल समितिकी महासचिव सुमित्रा लामिछानेले पुरस्कृत गर्नु भयो ।
प्रतियोगिताका छात्रतर्फका सर्वोत्कृष्ट खेलाडी होलिल्याण्डका अभिषेक थापा र छात्रामा नेपालगन्ज मोडेल एकेडेमीकी भावना खड्का हुनुभ यो ।
विधागतमा उत्कृष्ट छात्रतर्फ होलिल्याण्डका गोलकिपर प्रवीण सुनार, रक्षकमा नेपालगन्ज मोडेलका सुनिल थारु, मिडफिल्डमा नेपालगन्ज मोडेलका गणेशसिंह ठकुरी, स्ट्राइकरमा होलिल्याण्डका अनमोल विक र उत्कृष्ट प्रशिक्षकमा होलिल्याण्डका जंगबहादुर थापा पुरस्कृत हुनु भयो ।
छात्रामा उत्कृष्ट गोलकिपर मनकामना स्कुलकी प्रियंका विक, रक्षक, मिडफिल्डर, स्ट्राइकरमा नेपालगन्ज मोडेलका क्रमशः शितल रोकाय, सविता चौधरी, ज्योति कँडेल तथा उत्कृष्ट प्रशिक्षकको रुपमा नेपालगन्ज मोडेलका नरेन्द्र शाह पुरस्कृत हुनु भयो ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताका विजेताले ३१ हजार र उपविजेताले १६ हजार पुरस्कार प्राप्त गरेको छ ।

विजेता, उपविजेता, विधागत उत्कृष्टलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला अध्यक्ष भोजराज शाहीगलायतले पुरस्कृत गरे । जेठ २७ गते देखि सुरु भएको प्रतियोगितामा छात्रमा ३७ वटा र छात्रामा ११ वटा विद्यालयले भाग लिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु