दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार १० गते, बुधबार ७:३३

काठमाडौं महानगरपालिका वडा नं.४ द्वारा आयोजित अन्तरविद्यालय खुला फुटसल प्रतियोगिताको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ ।
बालुवाटारमा भएको फाइनलमा साइपाल एकेडेमीलाई ४–१ ले पराजित गर्दै बाँसबारी अन्तर स्कुल फुटसलमा च्याम्पियन भएको हो । उसले सेमिफाइनलमा ब्रुकलिन इन्टरनेसनल सेकेन्डेरी स्कुललाई ७–१ ले हराएको थियो भने साइपालले युनिभर्सल इंग्लिस स्कुललाई ३–२ ले पन्छाएको थियो ।
तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा ब्रुकलिनले युनिभर्सललाई १–० ले पराजित गर्यो । नकआउटको आधारमा आयोजित प्रतियोगितामा १६ स्कुलले प्रतिस्पर्धा गरेका थिए । कामपा ४ का वडा अध्यक्ष दिनेश महर्जनलगायतले विजेता टिम तथा खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
बाँसबारी माविका विवेक मगर प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडी घोषित भए । साइपालका आदित्यकुमार मिश्रले बेस्ट गोलकिपरको पुरस्कार हात पारे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु