
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खसेको छ।
रास्वपा निर्वाचन आयोगले बिहीबार केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया सम्पन्न भएसँगै उक्त जानकारी दिएको हो।
अब प्रवासमा रहेका प्रतिनिधिहरूले एपमार्फत मतदान गर्नेछन्। त्यसपछि मतगणना प्रक्रिया पूरा गरी अन्तिम मतपरिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।


